टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । टाइम म्यागेजिनको १००  प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।

टाइम म्यागेजिनले युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उनलाई सूचीमा राखेको उल्लेख गरेको छ । काठमाडौं महानगरको मेयर हुँदै तीन करोड नेपालीको नेतृत्व गर्ने हैसियतमा उनी पुगेको टाइम म्यागेजिनले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ,'' पुराना र नयाँ  सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए । नेपालीहरू अहिले बालेनले आफ्नो उक्त स्टाटस गलत साबित गर्ने प्रतीक्षामा छन् ।''

टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरूबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ०६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update