तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ
सोमबार, भदौ ३०, २०८२
चौतर्फी क्षति बीच मनहरी प्रहरी कार्यालय सकुशल
सोमबार, भदौ ३०, २०८२
हालैको जेनजी आन्दोलनले मुलुकभर त्रास र अव्यवस्था फैलायो। आन्दोलनकारीले प्रहरी कार्यालयदेखि राजनीतिक दलका कार्यालयसम्म आक्रमण गर्दा ठूलो भौतिक क्षति मात्र होइन, सुरक्षाकर्मीहरू समेत घाइते भए। हेटौंडादेखि चितवनसम्मका अधिकांश प्रहरी कार्यालय तोडफोड र आगजनीको चपेटामा परे। तर त्यहीबीच मकवानपुरको मनहरी प्रहरी चौकी भने प्रहरी निरिक्षक विशाल सापकोटाको नेतृत्वमा सकुशल रह्यो।
३ मन्त्रीको शपथ, खनाललाई पहिलो वरियता, देखिएनन् सभामुख र उपसभामुख
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबारमा पदबहाली गर्ने छन् । अर्थमन्त्री खनाललाई पहिलो बरियता दिइएको छ ।
मिङ्मा डेविट शेर्पालाई पर्यटन मन्त्री बनाउन गृहकार्य
आइतबार, भदौ २९, २०८२
नेपालको पर्यटन क्षेत्रमा सफल व्यवसायीको छवि बनाएका र विश्वभरका ‘क्वालिटी टुरिष्ट’सँग सम्पर्क र सहकार्य गरिरहेका शेर्पालाई मन्त्री बनाउँदा अहिलेको निरासा चिर्न सकिने र संसारभर सकारात्मक सन्देश प्रवाह हुने भएकोले उनलाई मन्त्री बनाउन गृहकार्य गरिएको स्रोतले बतायो ।
मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु
आइतबार, भदौ २९, २०८२
घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।
इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की, धारा ६१ मा टेकेर नयाँ सरकार
शुक्रबार, भदौ २७, २०८२
नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । संविधानको धारा ६१ ले नयाँ सरकार गठनको प्रत्यक्ष परिकल्पना भने गरेको छैन ।
सशस्त्र प्रहरीले भन्यो– आपराधिक गतिविधि भए टोल फ्रि नं १११४ मा जानकारी गराउनु
शुक्रबार, भदौ २७, २०८२
सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रको अपिल
शुक्रबार, भदौ २७, २०८२
‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् ।
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
शुक्रबार, भदौ २७, २०८२
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई फर्कन अनुरोध गरेसँगै बुधबारदेखि कैदीबन्दीहरू कारागार प्रशासनको सम्पर्कमा आउन थालेका कञ्चनपुर कारागार कार्यालयका निमित्त प्रमुख रामदत्त जोशीले जानकारी दिए।
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
बिहीबार, भदौ २६, २०८२
... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन ।


