Odapalika - The Fourth Estate - चौथो अंग
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?

काठमाडौँ । फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनको लागि मतदाताहरु आफ्नो मतदाता नामावली भएको स्थानमा जान लागेका छन् ।

सो निर्वाचन प्रयोजनका लागि मौन अवधि सुरु हुन लागेको छ । निर्वाचन आयोगले फागुन १८ गतेदेखि मौन अवधि सुरु हुने जानकारी दिएको छ ।

तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ तयार पारेर सोको जानकारी दिएको हो । सो निर्देशिकाको परिच्छेद १२ को दफा ८४ मा मतदाताले के कस्ता कागजात लिएर जानु पर्छ भन्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

सो दफामा उल्लेख गरिए अनुसार मतदाताले मतदाता परिचयपत्र वा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कली प्रति लिएर जानुपर्ने भनिएको छ । यी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update