काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसपालिको होलीमा पार्टीमा चुनाव चिन्ह वा उम्मेदवारको फोटो भएको कपडा लगाएर होली नखेल्न आग्रह गरेको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन हुन लागेको र फागुन १८ गते होली पर्व परेकोले प्रशासनले यस्तो आग्रह गरेको हो ।
‘हाली पर्व मनाउने क्रममा निर्वाचन चिन्ह र उम्मेदवारको तस्वीर अंकित भेष्ट, ब्याच, टिसर्ट, कमिज, गम्छालगायतका कपडाहरु प्रयोग गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको विक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु नगर्न नगराउन सम्बद्ध सबैमा अनुरोध गरिएको छ,’ सहाययक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जारी गरेको सुचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरिएको सुचना अवज्ञा गरी अमर्यादित, उच्छृंखल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा सामाजिक सुधार ऐन तथा नियमावली २०३३, निर्वाचन आचारसंहिता २०८२ र प्रचलित कानुन बमोजिम कारवाही गरिने पनि जानकारी दिएको छ ।







