Odapalika - The Fourth Estate - चौथो अंग
संघ सरकारको पत्रः मतदान केन्द्र रहेका विद्यालयका संरचना निर्वाचनको लागि उपयोग गर्न दिनू

काठमाडौँ । संघ सरकारले मतदान केन्द्र रहेका विद्यालयहरुको संरचना र ती संरचनाहरुमा रहेका भौतिक सम्पत्ति निर्वाचन प्रयोजनका लागि उपयोग गर्न सक्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

संघीय सरकारको शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तहहरुलाई पत्राचार गरी यस्तो व्यवस्था मिलाउन भनेको हो ।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनका अधिकांश मतदान केन्द्र सामुदायिक विद्यालयहरु छन् । माध्यामिक तहसम्मको शिक्षाको अधिकार संविधानले स्थानीय सरकारलाई दिएको छ । सोही कारण सबै विद्यालयहरु स्थानीय सरकार मातहत छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य संचालन गर्न मिति २०८२/११/१९ गते मंगलबारदेखि मिति २०८२/११/२२ गते विहीबारसम्म ३ दिनका लागि मतदान केन्द्र कायम रहेका शिक्षण संस्थाका संरचनाहरु र ती संरचनाहरुमा रहेका भौतिक सम्पत्ति उपयोग गर्न सक्ने गरी व्यवस्था मिलाईदिन अनुरोध भई आएकोले सो कार्यमा आवश्यक समन्वय र सहयोग गरिदिन निर्देशानुसार अनुरोध छ,’ स्थानीय तहहरुलाई बोधार्थ दिइएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update