Odapalika - The Fourth Estate - चौथो अंग
झापा ५ मा ओली हराउन कति खर्च गरेछन् बालेनले ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका बालेनले चुनावी खर्च सार्वजनिक गरेका हुन् । बालेनले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको विवरण अनुसार बालेनले २ महिनाको चुनावी अभियानमा १४ लाख १७ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तो खर्चमा बालेनले चुनावी प्रचार प्रसारको लागि झाडामा लिएको घरभाडा समावेश छैन ।

उनको सबैभन्दा बढी खर्च १५ दिनको वडास्तरीय प्रचार कार्यक्रम (घरदैलो) मा भएको छ । सो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । यस्तै, दोस्रो धेरै खर्च  सवारी साधनमा भएको छ । १५ दिनको लागि २ वटा सवारी साधनको लागि २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको छ । हवाइ भाडामा ३५ हजार मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ, नमुना मतपत्र छपाईंमा ४९ हजार ८५० रुपैयाँ खर्च भएको छ ।

सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनावी प्रतिस्पर्धामा थिए । चुनावमा बालेनले ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

balen-election-cost-1773043189.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update