बृहत्तर जनकपुर परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बृहत्तर जनकपुर परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (चैत २२) मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध आर्थिक वर्ष २०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको छ । सार्वजनिक खरिद ऐनअनुसार, प्रतिस्पर्धा नै नगराई बायो घुम्ती शौचालय खरिद गरेको दाबी अख्तियारले गरेको छ ।
तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सोलुखुम्बुको साबिक चौँरीखर्क गाउँ विकास समितिको वडा नम्बर ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको दाबी आयोगको छ । आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख कार्कीको मृत्यु भइसकेको हुनाले उनको श्रीमती कमला कार्कीलाई प्रतिवादी कायम गरेको छ ।
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।
सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Weather Update