खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक,  उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा
खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक,  उपभोक्ता मुद्रास्फीति एक दशमलव ६३ प्रतिशतमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८ दशमलव ५६, शिक्षाको सात दशमलव ५६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २९, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेय पदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत...
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत...
दमक नगरपालिकामा रहेको थुप्पा उद्योगमा आगलागी, एक करोड ३० लाखको क्षति
दमक नगरपालिकामा रहेको थुप्पा उद्योगमा आगलागी, एक करोड ३० लाखको क्षति दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
विरुवा गाउँपालिकामा करारका २०० शिक्षक सामाजिक सुरक्षा कोषमा, अध्यक्ष भन्छन्– जरुरी छ
विरुवा गाउँपालिकामा करारका २०० शिक्षक सामाजिक सुरक्षा कोषमा, अध्यक्ष भन्छन्– जरुरी छ अहिले देशभरका ७ स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सहयोगदान गरी कोषमा आवद्ध गराइरहेकोमा स्याङ्जाका फेदीखोला र विरुवा गाउँपालिका छन् ।
३९ वर्षदेखि निमित्तको भरमा चलेको दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा पनि ढिलाइ
३९ वर्षदेखि निमित्तको भरमा चलेको दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा पनि ढिलाइ जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो ।
कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार
कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा छापियो नौ हजार लाइसेन्स
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा छापियो नौ हजार लाइसेन्स पनौती नगरपालिका- ५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ।
अमेरिकी डलरको भाउ उच्च विन्दुमा
अमेरिकी डलरको भाउ उच्च विन्दुमा अमेरिकी डलरको मूल्य बढेर उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार डलरको भाउ उच्च भएको हो।
मतदाता नामावली बेच्दै निर्वाचन आयोग
मतदाता नामावली बेच्दै निर्वाचन आयोग  निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा महोत्तरीको पूर्व-दक्षिण, दक्षिण र पश्चिम-दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको...
उपत्यकाका नदी-करिडोर र २० मिटर सीमाबारे एक हप्ताभित्र विवरण माग गर्ने आदेश
उपत्यकाका नदी-करिडोर र २० मिटर सीमाबारे एक हप्ताभित्र विवरण माग गर्ने आदेश न्यायाधीशहरू डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त विषयमा एक हप्ताभित्र विस्तृत रूपमा लेखी पठाउन आदेश गरेको हो । आदेशमा भनिएको छ,‘अदालतले यस मुद्दाको विषयवस्तुको प्रकृति र वैशिष्ट्यलाई मध्यनजर गरी प्रस्तुत मुद्दा शीघ्र किनारा हुनुपर्ने आवश्यकता देखिएकाले माथि उल्लिखित सम्पूर्ण कार्य एक हप्ताभित्र सम्पन्न गरी...
Weather Update