प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस
बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनमा सहभागी हुन गगन-विश्वको आह्वान
बुधबार, पुस २३, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन
बुधबार, पुस २३, २०८२
निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी, कर्मचारीका परिवार, अन्य कार्यालयका कर्मचारीले रक्तदान गरेका हुन्।नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
ऊर्जामन्त्री घिसिङले दिए प्रधानमन्त्री समक्ष राजीनामा
बुधबार, पुस २३, २०८२
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिए।
राष्ट्रियसभा सदस्यमा कोशीबाट कांग्रेसका थापा निर्विरोध
बुधबार, पुस २३, २०८२
अन्य समूहतर्फ कांग्रेसका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ।
छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, पुस २३, २०८२
आयोगले उनीसँगै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह र तत्कालीन लेखापाल सञ्जय पटेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।
शङ्खरापुर नगरपालिकामा बस दुर्घटना, चार जनाको मृत्यु
बुधबार, पुस २३, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
गैरीगाउँमा भएको आगलागीबाट रु एक करोड ६२ लाखको क्षति
बुधबार, पुस २३, २०८२
गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
मधेश प्रदेश सरकारले सिमेन्टमा वातावरण दस्तुर लिन नपाउने, सर्वाेच्चले गर्यो यस्तो आदेश
बुधबार, पुस २३, २०८२
गत पुस २ गते सर्वाेच्चको संवैधानिक इजलासले मधेश प्रदेश सरकार नाममा अन्तरिम आदेश जारी गरी तत्कालको लागि सिमेन्ट उद्योगमा वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर नलिन भनेको हो ।
बेलकोटगढी नगरपालिकाका वडाध्यक्ष पाण्डे अमेरिका उडे, लामालाई कार्यवाहक
बुधबार, पुस २३, २०८२
‘म अहिले विदेश जानको लागि एयरपोर्टमा छु । तपाईंलाई कार्यवाहक वडाध्यक्षले सम्पर्क गर्नुहुन्छ है,’ एयरपोर्टमा रहेका वडाध्यक्ष पाण्डेले वडापालिकासँग भने ।
छिन्नमस्ता गाउँपालिकाको पहलः मुसहर बस्तीका हैजा प्रभावित १५० परिवारलाई न्यायो कपडा वितरण
बुधबार, पुस २३, २०८२
गाउँपालिकाले हैजाबाट प्रभावित करिब १ सय ५० मुसहर परिवारहरूलाई कठ्यांग्रिँदो जाडोमा न्यानोपनको अनुभूति दिलाउने उद्देश्यले न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
तरकारीमा आज विषादि छर्किने, भोलि बजार पठाउने !
बुधबार, पुस २३, २०८२
नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ तर किसानले तरकारीबालीमा समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ ।
ग्लोबल क्वालिफायर्सअघि नेपालले तीन देशसँग अभ्यास शृंखला खेल्ने
बुधबार, पुस २३, २०८२
नेपालले इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्सअघि तीन देशसँग अभ्यास शृंखला खेल्ने भएको छ ।


