जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
मंगलबार, कात्तिक ४, २०८२
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
मंगलबार, कात्तिक ४, २०८२
भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका
मंगलबार, कात्तिक ४, २०८२
“निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको लाइन काटियो
मंगलबार, कात्तिक ४, २०८२
नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ ।
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा
मंगलबार, कात्तिक ४, २०८२
कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम
मंगलबार, कात्तिक ४, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
मंगलबार, कात्तिक ४, २०८२
तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।
लक्ष्मीपूजाको दिन विद्युत्को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट
मंगलबार, कात्तिक ४, २०८२
लक्ष्मीपूजाको साँझ देशभर विद्युत्को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।
प्राधिकरण भन्छ: बक्यौता नतिरे उद्योगको लाइन काटिन्छ
सोमबार, कात्तिक ३, २०८२
बक्यौता तिर्न चाहने उद्योगीहरूका लागि प्राधिकरणले २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रवार सम्म सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख...
एक महिनामा ७५ हजार भन्दा बढी पर्यटक पुगे मुस्ताङ
सोमबार, कात्तिक ३, २०८२
असोजमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। असोज २१ गतेदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ४९ हजार ३७१ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।


