Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकाको पहलः मुसहर बस्तीका  हैजा प्रभावित १५० परिवारलाई न्यायो कपडा वितरण

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले सो गाउँपालिकाको वडा नं. ५ का हैजा प्रभावित १५० मुसहर बस्तीमा न्यानो कपडा वितरण गरेको छ ।

गाउँपालिकाले हैजाबाट प्रभावित करिब १ सय ५० मुसहर परिवारहरूलाई कठ्यांग्रिँदो जाडोमा न्यानोपनको अनुभूति दिलाउने उद्देश्यले न्यानो कम्बल वितरण गरिएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

‘छिन्नमस्ता गाउँपालिका–५, लोखरामस्थित सदा (मुसहर) बस्तीमा हैजाबाट प्रभावित करिब १ सय ५० मुसहर परिवारहरूलाई कठ्यांग्रिँदो जाडोमा न्यानोपनको अनुभूति दिलाउने उद्देश्यले न्यानो कम्बल वितरण गरिएको गरिएको छ,’ अध्यक्ष चौधरीले भने ।

गाउँपालिकाले यसअघि नै सो बस्तीका प्रत्येक घरघरमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बायोस्यान्ड फिल्टर वितरण गरिसकेको थियो । बस्तीको विभिन्न ठाउँमा नयाँ ट्युवेलहरू जडान गरेर दैनिकी जीवनलाई अलिकति सहज, सुरक्षित र सम्मानजनक बनाउने प्रयास पनि गरिएको अध्यक्ष चौधरीले बताए ।

गाउँपालिकाले पुस २६ गते नेपाली सेनाको सहकार्यमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ । 

‘समुदायको पीडा हाम्रो पीडा हो। सेवा केवल एउटा कार्यक्रम होइन, निरन्तर प्रतिबद्धता हो। यही भावना र जिम्मेवारीका साथ छिन्नमस्ता गाउँपालिकाभित्र रहेका अन्य बस्तीहरूमा पनि यस्ता मानवीय सहयोग र स्वास्थ्य स्वच्छताका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाउँदै छौँ,’ अध्यक्ष चौधरीले भने ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update