Odapalika - The Fourth Estate - चौथो अंग
छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले साढे ५ लाख पुननिर्माण कोषमा जम्मा गर्ने

काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलब र भत्ताबाट साढे ५ लाख रुपैयाँ राष्ट्रिय पुनिर्माण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

भदौ २३ र २४ गते जेनजीले देशभर गरेको प्रदर्शनका कारण क्षति पुगेका भौतिक संरचना निर्माण गर्नको लागि स्थापना गरिएको कोषमा सो गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख ५१ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

सो गाउँपालिकाले पारदर्शिता, सुशासन र जनतामुखी सेवा प्रवाहतप्रति अटल रहदै पुनर्निर्माण तथा विकासको यात्रामा सक्रियतापूर्वक अघि बढ्ने पनि अध्यक्ष चौधरीले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update