अनुशासनको चल्यो डण्डाः चुनावमा असहयोग गरेको भन्दै प्रदेशमन्त्री र सांसदलाई सोधीयो स्पष्टीकरण

काठमाडौं- नेपाली कांग्रेसले कोसी, लुम्बिनी र मधेस प्रदेशका मन्त्रीसहित प्रदेशसभा सदस्य र सांसदसमेतलाई स्पष्टीकरण सोधेको छ ।

केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आधिकारिक उमेदवारविरुद्ध असहयोग गरेको भन्दै सातजनालाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

कांग्रेस लुम्बिनीका महासमिति सदस्य एवं वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोसी प्रदेशका पूर्व केन्द्रीय सदस्य एवं मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनीका उपसभापति एवं प्रदेशसभा सदस्य राजु खनाल, मधेस प्रदेशका सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई स्पष्टीकरण सोधिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update