प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

दिउँसो १ बजे बस्ने  आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । 

प्रतिनिधिसभाको चालु अधिवेशनमा जेठ १५ गते सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत हुनेछ । 
त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम पारित हुनुपर्नेछ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०८:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update