प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रधानमन्त्री वालेन्द्र शाहले प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले राख्नसक्ने संशोधनमाथि समेत छलफल गरेपनि आजै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि मध्यान्ह १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update