गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड

भक्तपुर । स्थानीय कृषक र उपभोक्तालाई सिधै जोड्ने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको घुम्ती हाट बजारु ले व्यापक लोकप्रियता पाउँदै गएको छ ।

‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने मूल नाराका साथ शुक्रबार वडा नं. ७ को व्यवस्थापनमा आयोजित हाट बजारमा स्थानीय उपभोक्ता र कृषकहरूको उत्साहजनक उपस्थिति थियाे ।

नगरपालिकाले किसानको श्रमको उचित मूल्य दिलाउन र बिचौलियाको एकाधिकार अन्त्य गर्न चालेको यो कदम अन्तर्गत आज गुण्डुमा आयोजित बजारबाट दुई हजारभन्दा बढी उपभोक्ताले प्रत्यक्ष सेवा लिएका छन् ।

gundu-2-1779000589.jpg
 

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार कृषक र साना उद्यमीहरूलाई आफ्नै बजार उपलब्ध गराई आत्मनिर्भर बनाउन नगरपालिकाले यो अभियान थालेको हो ।

'हामीले किसान र उद्यमीलाई प्रोत्साहन गर्न स्टल व्यवस्थापनदेखि सम्पूर्ण खर्च नगरपालिकाकै तर्फबाट निःशुल्क गरेका छौँ' प्रवक्ता सापकोटाले भने, 'बालकोटको गोदावरी करिडोरबाट सुरु भएको यो अभियान दक्षिण बाराही हुँदै आज गुण्डु पुगेको हो । आगामी शनिबार वडा नं. ९ चित्तपोल र त्यसपछि वडा नं. ८ सिपाडोलमा आयोजना गरेर पहिलो चरणको घुम्ती बजार सम्पन्न गर्ने हाम्रो योजना छ ।'

एकैदिन ५ लाख बढीको रैथाने कारोबार

गुण्डुमा सञ्चालित हाट बजारमा स्थानीय उत्पादनका ३० वटा आकर्षक स्टलहरू राखिएका थिए । जहाँ कृषकहरूले आफ्नै मूल्यमा सामान बिक्री गर्न पाएका थिए ।

रैथाने र ताजा उत्पादनका रुपमा गुन्द्रुक, मस्यौरा, जिम्बु, रैथाने च्याउ र जैविक ९अर्गानिक० हरिया तरकारी बजारका प्रमुख आकर्षणहरू थिए । त्यस्तै महिला उद्यमशीलतास् स्थानीय महिला उद्यमीहरूद्वारा हस्तनिर्मित विभिन्न आकर्षक सामग्रीहरू पनि रहेका थिए । 

newari-1779000603.jpg
 

रैथाने स्वाद भर्नका लागि नेवारी खाजाका विभिन्न परिकारहरूको पनि व्यवस्था रहेको थियो । 

नगरपालिकाका विभिन्न क्षेत्रबाट ओइरिएका उपभोक्ताका कारण मेलामा एकैदिन ५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ । स्थानीय उत्पादनले सोचेभन्दा राम्रो बजार पाएपछि कृषकहरू निकै उत्साहित देखिएका छन् भने उपभोक्ताले पनि ताजा सामग्री सस्तोमा पाउँदा खुसी व्यक्त गरेका छन् । मेलामा आएका आम नागरिक तथा व्यवसायीहरूले यो हाट बजारलाई केवल ुघुम्तीु मा मात्र सीमित नराखी हरेक हप्ता निरन्तरता दिन नगरपालिका समक्ष माग समेत गरेका छन् ।

gundu1-1779000619.jpg
बजारको स्टल व्यवस्थापन तथा आयाेजना  सूर्यविनायक नगरपालिकाकाे रहेकाे थियाे । उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिने गरि सञ्चालन भएको हाट बजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो ।

साे हाटबजारमा पूर्वप्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्य,  सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नगरपालिकाका कर्मचारीहरु, स्थानीयवासीलगायतको सहभागिता एवं अवलाकन रहेको थियो ।

gundua1-1779000681.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update