आजको राशिफल : मेषलाई सूसमाचारको योग, धनुको स्वास्थ्यमा सुधार, तपाईंको कस्तो ?

आज मिति २०८३ साल जेठ ८ गते शुक्रबार । तदनुसार २२ मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष षष्ठी तिथि । आजको राशिफल 

मेष– हरेक काम आशावादी भएर गरेमा तपाईंको इच्छा र चाहनाअनुसार काम बन्ने योग रहेको छ । अनपेक्षित सुसमाचारले हौसला बढाउनेछ। परिवारका सदस्यहरूसँग खुसी साटासाट गर्ने अवसर मिल्ला। नयाँ काम सुरू गर्न यो दिन उत्तम रहेको छ। 

वृष– कुनै महात्माबाट ईश्वरीय ज्ञानले सान्त्वना र सजिलोपना ल्याउनेछ। प्रियजनहरूसँग तर्क हुन सक्ने र विवादास्पद मुद्दाहरू ननिकाल्नुहोस्। कठिन जस्ता देखिने समस्याहरूको हल गर्न आफन्तको सहयोग लिनुपर्ला। वैवाहिकमा सुख प्राप्ति हुने योग छ ।

मिथुन– तपाईंको ऊर्जा स्तर उच्च हुनेछ। साना बच्चाहरुले तपाईंलाई व्यस्त राख्नेछन् र आनन्दित गराउनेछन्। कामबाट फाइदा हुने सम्भावना छ। परिवारमा मेलमिलापको वातावरण रहला । स्वास्थ्यमा केही समस्या देखिएर मध्यान्हपछि खर्च गराउने योग छ । चोटपटक लाग्नसक्ने कामबाट टाढै रहनु उत्तम हुनेछ । 

कर्कट– ग्रह गोचरले राम्रो फल दिनेछ । शिक्षा क्षेत्रमा प्रगति हुने योग छ । बलियो र साहसी भएर छिट्टै निर्णय लिनुहोस् । सानो प्रयासले पनि  आज राम्रा काम हुने दिन रहेको छ। भगवानको भक्तिमा मन जाला। चिताएको पूरा हुनेछ । कामका क्रममा केही विवाद हुनसक्छ, त्यसमा भने संयमित बन्नु उत्तम हुनेछ। 

सिंह– साथीहरूसँग सुखद समय बिताउने योग छ । अत्यधिक खाने र कडा पेयबाट होशियार रहनुहोस्। साथीहरूलाई आफ्नो उदार स्वभावको फाइदा लिन नदिनुहोस्। विपरीत लिंगीसँग सजिलै आकर्षित हुने समय छ । उच्च पदका मान्छेसँगको सम्पर्कले रोकिएका काम पूरा हुने योग छ। 

कन्या– काममा मन जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ। गुरूवर्ग र साथीभाइको सहयोगले काममा सहजता होला। मित्र भेटघाटको योग छ । धर्मकर्म र अध्यात्म प्रति रूची बढ्ला। रमाइलो यात्रामा जाने सम्भावना छ । आज तपाईंको बोलीको प्रभावले टाढिएकाहरू पनि नजिक बन्न सक्छन्। 

तुला– स्वास्थ्यमा बाधा रहला । खानपिनमा ध्यान दिनु उचित हुन्छ । सामान्य काम पूरा गर्न पनि निकै कडा मेहनत गर्नुपर्नेछ। कामको दबावले तपाईंलाई रिस उठ्ने र झगडा पर्नसक्ने योग छ। त्यसैले बोलीमा ख्याल गर्नु उचित हुन्छ । परिवारको दायित्वलाई तत्काल ध्यान दिनु आवश्यक छ। तपाईंले लापरवाही गर्नुभयो भने अप्ठ्यारो पर्न सक्छ। प्रतिद्वन्द्वीले आफ्ना नराम्रा कृत्यको परिणाम प्राप्त गर्नेछन्। 

वृश्चिक– यात्रामा पैसा खर्च गर्ने योग छ । धेरै खर्चबाट जोगिनु तपाईंको हितमा भएकाले उक्सिएर खर्च नगर्नुहोला। प्रियजनहरूसँग तर्क हुन सक्ने विवादास्पद मुद्दाहरू ननिकाल्नु राम्रो हुन्छ। आफ्नो प्रियसँग तपाईंको व्यक्तिगत भावना र रहस्य साझेदारी गर्ने यो सही समय होइन। तपाईंले प्राप्त गरेको ज्ञानले साथीहरूसँग सामना गर्न तपाईंलाई सहारा दिन सक्छ। जीवनसाथीका कारण प्रतिष्ठामा केही धेरै असर पर्नसक्ने भएकाले ध्यान दिनु उचित हुन्छ। 

धनु– स्वास्थ्यमा सुधार आउनेछ। तपाईं निकटका व्यक्तिको सहयोगले आम्दानीका स्रोत खुल्नेछन्। घरको काममा सहयोग प्राप्त हुने योग छ। अनुभवी मान्छेसँग मिलेर नयाँ सिपहरू सिक्ने योग छ। तपाईंको व्यक्तित्वले मानिसहरूको मन लोभ्याउनेछ। पुराना साथीभाइसँग भेट हुने योग छ । 

मकर– आनन्ददायी यात्रा र सामाजिक सेवाले तनावमुक्त र खुसी राख्नेछ। मित्र र आफन्तहरूले अझ बढी ध्यानको माग गर्नेछन् । अरूलाई सहयोग गरेको लाभ मिल्नेछ। परिवारजन र श्रीमतीको सहयोगले अधुरा कामहरू बन्नेछन्। भाग्य उदयको योग देखिन्छ। 

कुम्भ – साना काम पूरा गर्न पनि कठिन परिश्रम गर्नुपर्ने हुनसक्छ । आफ्नो भावना नियन्त्रण गरेर बस्नु उत्तम हुनेछ। स्वास्थ्यमा तत्काल प्रभाव पर्ने र खर्च हुने योग रहेकाले अन्य काममा अवरोध हुनेछ। मध्यान्हपछि स्वास्थ्यमा सुधार होला । खर्चका कारण आफ्नो जोडीसँग तपाईँको झगडा हुन सक्छ।

मीन– बच्चाहरुसँग खेल्नाले तपाईंलाई शान्तिको अनुभव हुनेछ। लामो समयदेखि काममा कसैसँग कुरा गर्ने प्रयास गर्नु भएको छ भने आज तपाईं भाग्यशाली हुन सक्नु हुनेछ। साथीभाइ र इष्टमित्रसँग मिठा पल बिताउने अवसर होला। आकस्मिक धनलाभ हुने र नसोचेका ठाउँबाट नयाँ कामका प्रस्ताव आउनसक्ने सम्भावना हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update