आजको राशिफल : मिथुनलाई सुखको योग, मकरलाई समयको साथ

आज मिति २०८३ साल जेठ ११ गते सोमबार तदनुसार २५ मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष नवमी तिथि । 

मेष– चु चे चो ला लि लु ले लो अ

शत्रुहरूले फसाउने चेष्टा गर्नेछन् । अचानक चोटपटक लाग्ने वा बिरामी हुनाले अस्पताल भर्ना हुनुपर्ने वा उपचारमा खर्च हुने योग छ । गरेका काम अपूर्ण रहनेछन् । इच्छा पूरा भएकोले मनमा चिन्ता तथा तनाव छाउनेछ । चिताएको वा सोचेको कुरा पूरा हुनेछैन । पारिवारिक झमेलामा पर्ने सम्भावना छ । पहेँलो वस्तुको प्रयोग वा दान गर्नु शुभ हुनेछ । 

वृष– इ उ ए ओ वा वि वु वे वो

समय प्रतिकूल छ । काममा बाधा हुने देखिन्छ । नयाँ कार्यको थालनी आज नगर्दा राम्रो होला । आफ्नो स्वस्थ्यको विशेष ख्याल राख्नुपर्नेछ । आजको दिन लिनुदिनु नगर्दा राम्रो हुन्छ । छाती र पेटमा समस्या हुनसक्छ । मानसिक तनाव र डरका कारण निद्रामा असर पर्न सक्छ । पिपलको बोटमा जल चढाउनु वा विष्णु भगवानको दर्शन गर्नुहोला ।

मिथुन– का कि कु घ ङ छ के को हा

आज सुख प्राप्त हुने समय छ । सबैबाट सहयोग पाइनेछ । खुसीको खबरले मन प्रफुल्ल हुनेछ । गरेका काम सफल हुन्छन् । शरीरमा स्पूर्ति रहनेछ । किनमेलको अवसर प्राप्त होला । सबैको मायाले मनमा उर्जा थपिनेछ । 

कर्कट – हि हु हे हो डा डि डु डे डो

बोलीको कारणले कार्यक्षेत्रमा विवाद हुन सक्छ, संयम रहनुहोला । कामको धपेडीले शरीरमा केही थकान भने महसुस होला । महामृत्युञ्जय मन्त्रको जप वा शिवजीको उपासना गर्नुहोला । मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ । आफन्त र मान्यजनको आशिर्वाद प्राप्त होला । 

सिंह– मा मि मु मे मो टा ति टु टे

कार्यक्षेत्रमा कामको चाप बढ्नेछ र मानसिक तनाव हुन सक्छ । छाती वा फोक्सो सम्बन्धी समस्याले सताउन सक्छ । आमा वा घरका वृद्ध सदस्यको आशीर्वाद लिनुहोला । अरुको सल्लाह लिएर काम गर्दा विशेष उपयोगी हुनेछ । संयमता अपनाउनु उचित हुनेछ । 

कन्या– टो पा पि पु ष ण ठ पे पो

कार्यक्षेत्रमा योजनाहरू गोप्य राख्नुहोला, अरुले चोर्न सक्छन् । आरामको कमीले स्वास्थ्यमा असर पर्न सक्छ । दुःखी गरिबलाई सहयोग गर्नु वा लक्ष्मीको पूजा गर्नुहोला । अपरान्हदेखि भने समयमा सुधार आउनेछ । टाढाको यात्राको अवसर आउन सक्छ । मनका तनावहरु कम हुँदै जानेछन् । धन प्राप्तिको अवसर मिल्ला । मान सम्मान प्राप्त हुन्छ ।

तुला– रा रि रु रे रो ता ति तु ते

सरुवा वा स्थानान्तरणको योग छ । अस्पताल भर्ना हुनुपर्ने वा उपचारमा खर्च हुने योग छ । आर्थिक पक्ष कमजोर होला । धेरै परिश्रम गर्दा थोरै मात्र लाभ हुनेछ । अनावश्यक खर्च होला । रिस गर्ने धेरै छन् त्यसतर्फ ध्यान नदिई आफ्नो कार्यमा तल्लीन रहनु राम्रो हुन्छ । शरीर शिथिल भएको अनुभूति हुनेछ । चोटपटकको पनि सम्भावना देखिन्छ ।

वृश्चिक– तो ना नि नु ने नो या यि यु 

भाग्यभन्दा कर्ममा विश्वास गर्दा फाइदा हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा गडबडी आउन सक्छ । आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ । आज नयाँ कार्यको थालनी नगर्दा राम्रो हुन्छ । आजको दिन लिनुदिनु नगर्दा राम्रो हुन्छ । छाती र पेटमा समस्या हुनसक्ने देखिन्छ ।

धनु– ये यो भा भि भु धा फा ढा भे

यो समय ‘चन्द्राष्टम’ परेकोले कुनै पनि नयाँ कार्य नथाल्नु उचित होला । पाचन प्रणालीमा गडबडी हुन सक्छ, खानपानमा ध्यान दिनुहोला । घरमा शान्ति कायम राख्न रिसलाई नियन्त्रण गर्नुहोला । जति तर्क गरे पनि सबैको मन जित्न सकिनेछैन । धन गुमाउन सकिन्छ । खर्चगर्दा विचार गर्नुपर्ने देखिन्छ ।

मकर– भो जा जि जु जे जो ख खि खु खे खो गा गि

तपाईंको मान सम्मान र कदर हुनेछ । समयले साथ दिनेछ । कामले पूर्णता पाउनेछ । मन भने चञ्चल रहनेछ । रमाइलोका साथ दिन बित्नेछ । आकस्मिक लाभ हुनेछ । तपाईंको प्रशंसा गर्नेको कमी हुनेछैन । 

कुम्भ– गु गे गो सा सि सु से सो दा

आफन्तजनसँग भेटघाटले रमाइलो अवसर मिल्नेछ । आफ्नो सीप प्रदर्शन गर्ने मौका मिल्नेछ । सबैबाट प्रशंसा पाइनेछ । बोली बिक्नेछ । आफ्नो बोलीले अरुको मन दुखाउने कुरामा भने सतर्कता अपनाएको राम्रो । स्वस्थ्यमा सुधार आउनेछ । 

मीन– दि दु थ झ ञ दे दो चा चि

आजको दिन सम्मान पाउनु हुनेछ । मन र शरीरमा स्फूर्ति आउनेछ । परिवारको साथ पाइनेछ । स्वास्थ्यमा सुधार देखिन्छ । आवश्यक काममा खर्चहुनेछ । मन तनावरहित हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update