आजको राशिफल : कन्याको लाभदायक यात्रा, कुम्भको बुद्धिको विकास

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार तदनुसार २६ मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष दशमी तिथि । हेर्नुस् आजको राशिफल ।

मेष: घर व्यवहारको समस्याले सताउने योग छ। प्रेममा बाधा उत्पन्न हुनेछ । बन्न लागेको काम बिग्रने सम्भावना छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु राम्रो होला। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ।

वृष: आफ्नै क्षमता र दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। विद्या र बुद्धिको विकास हुने योग छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। व्यापार व्यवसायबाट लाभ मिल्ने योग छ।

मिथुन: रमणीय र सुखद यात्राको योग छ।साथीभाइसँगको रमाइलो भेटले मनमा शान्ति छाउनेछ। प्रेम सम्बन्धमा सुखद परिणाम देखिनेछ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता हुनेछ ।

कर्कट: महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग देखिन्छ। टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने योग छ। शैक्षिक क्षेत्रमा सफलता हात पर्नेछ।

सिंह: प्रेममा मनमुटाव देखा पर्दा मनमा अशान्ति छाउनेछ। घर परिवारमा सुख सन्तोष छाउनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनु राम्रो होला। सरकारी निकायको भय रहनेछ। मध्यान्हपछि स्वास्थ्यमा केही समस्या देखिने र स्वास्थ्योपचारमा खर्च हुने योग छ । चोटपटक लाग्नसक्ने भएकाले सतर्क रहनु नै उचित हुन्छ । 

कन्या: छोटो दूरीको लाभदायक यात्रा हुने योग छ । दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने देखिन्छ। 

तुला: प्रगतिमा आफन्त खुसी हुनेछन्। मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि उत्तम समय देखिन्छ। प्राविधिक काममा सफलता प्राप्त होला। पुराना साथीभाइसित भेटघाट हुँदा मन प्रशन्न हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। 

वृश्चिक: मित्र वा आफन्तको सहयोगले थाती रहेका काम पूरा होलान्। मन पर्ने वस्त्र, अलङ्कार उपहार पाइने सम्भावना छ। धार्मिक र सफल यात्रा होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। स्वास्थ्यमा भने केही समस्या देखिन सक्ने भएकाले खानपानमा विचार गर्नुहोला। 

धनु: सुखदुःख बराबरी रहनेछ। प्रेम सम्बन्धमा बाधा पुग्न सक्ने भएकाले सचेत हुनुहोला। अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ।सेयर बजारको कारोबारमा मन्दी देखिनसक्छ।अनुशासनमा बसेर गरेका कामले लाभ दिनेछ। 

मकर: रोजगारीको अवसर मिल्नेछ। साथीभाइसँग रमाइलो यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा पारिवारिक झमेला हुन सक्ने, स्वास्थ्यमा समस्या देखिने र खर्च बढ्ने योग छ । सवारी साधनको प्रयोगमा ध्यान दिनुहोला।

कुम्भ: रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिन्छ। शैक्षिक प्रगतिको योग छ। अग्रजहरूको अनुभव र गुरूको सल्लाह अनुसार काम गरेमा सफलता मिल्न सक्ने देखिन्छ। 

मीन: दानपुण्यका कार्यमा सहभागी भइनेछ। प्राविधिक कार्यमा सफलता मिल्ला। मङ्गल कार्यको योग छ । सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। जोखिमपूर्ण कामबाट भने टाढा रहनुहोला। 

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update