काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दिएको जानकारी अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सो बैठकले बजेट स्वीकृत गर्नेछ । मन्त्रिपरिषदले बजेट स्वीकृत गरेपछि अर्थमन्त्रीले संघीय संसदको दुबै सदनमा बजेट पेश गर्ने व्यवस्था छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । आज ४ बजे बस्ने संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको अर्थमन्त्री डा. वाग्लेको सचिवालयले जानकारी दिएको छ । बजेटमा कर्मचारीको तलब बृद्धि हुने र सेवा अवधि ३० वर्ष र उमेर ५५ वर्ष नाघेका सरकारी कर्मचारीले स्वेच्छिक अवकाशमा जान सक्ने व्यवस्था गर्न लागिएको स्रोतहरुले बताएका छन् ।





