अब व्यक्तिले सबैभन्दा बढी तिर्नुेपर्ने करको सीमा २९ प्रतिशत

 

काठमाडौँ । सरकारले व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारेको छ । यसअघि यो दर ३९ प्रतिशत थियो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यस्तै, सरकारले व्यक्तिगत आयकरको सीमा दोब्बर बनाएको छ ।

अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update