काठमाडौँ । सरकारले नेपाल टेलिकममा रहेको आफ्नो सेयर घटाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
हाल सरकारसँग कम्पनीमा करिब ९१ प्रतिशत सेयर रहेको छ। बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिनेछ। यस्तो सेयरको मूल्य कति हुन्छ भन्ने विषय सरकारले पछि सार्वजनिक गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १७:०३
प्रतिक्रिया दिनुहोस्






