बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो पटक ल्याएको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका हुन् । सो बजेटमा चालु खर्चतर्फ १२ अर्ब ७० अर्ब ५८ करोड, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

बैदेशिक सहायताबाट २ अर्ब ४७ अर्ब २८ करोड रुपैयाँ लिने सरकारको लक्ष्य छ । यस्तै ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिइने छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update