राशिफल १८ जेठ : मेषको अनुकूल परिणाम, मीनलाई आफन्तको सहयोग

आज मिति २०८३ साल जेठ १८ गते सोमबार, तदनुसार १ जुन, २०२६ ।  अधिक ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि।

हेर्नुहोस् आजको राशिफल

मेष– शिक्षा तथा परीक्षामा अनुकूल परिणाम प्राप्त हुनेछ। आत्मविश्वास र उत्साह बढ्ने संकेत छन्। तर कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्नसक्छ।

वृष– बोलचालमा संयमता आवश्यक छ। व्यापार तथा शैक्षिक क्षेत्रमा सुधारको सम्भावना प्रबल छ। मनमा नयाँ उमङ्ग पलाउने छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ। भेटघाट, मनोरञ्जन र घुमघाममा सहभागी हुने सम्भावना छ।

मिथुन– वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ। तथापि, नजिकका साथीहरूबाट धोका वा निराशा पर्न सक्ने देखिन्छ।किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ। 

कर्कट– आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव देखिन सक्छ। शिक्षा तथा राजनीतिमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ। सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । चिताएका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्धा वा परीक्षामा सफल हुने योग छ । 

सिंह– परिवारको सहयोग प्राप्त हुनेछ। व्यापारिक क्षेत्र लाभदायक रहनेछ। परोपकारी कार्यमा संलग्न हुँदा सामाजिक प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो नहुन सक्छ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ, आफन्त र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् ।

कन्या– सम्पत्ति आर्जनको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन सक्छ। मानसिक खिन्नता बढ्ने सम्भावना छ। आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ । बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । 

तुला– आर्थिक कठिनाइको सामना गर्नुपरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दीर्घकालीन योजनाले लाभ दिलाउनेछ।अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन छ। प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ ।

वृश्चिक– विरोधीहरूको गतिविधि बढ्न सक्छन् । तर धैर्य अपनाउँदा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ। वैदेशिक लगानी लाभदायक रहनेछ। 

धनु– प्रशंसा र सम्मान बढ्नेछ। शैक्षिक अवसरहरू विस्तार हुनेछन्। धार्मिक विषयप्रति आकर्षण बढ्ने संकेत छन्। व्यस्तता र दौडधूपमा समय बित्नेछ।व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउनु राम्रो हुन्छ। 

मकर– दीर्घकालीन योजना तत्काल नबनाउनु उपयुक्त हुन्छ। ठूलो नाफाको सम्भावना कम भए पनि सामान्य कार्यहरू सहज रूपले अघि बढ्नेछन्।परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काममा सफलता मिल्नेछ। प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने देखिन्छ। 

कुम्भ– शिक्षा, स्वास्थ्य र श्रमसम्बन्धी क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधि सामान्य रहनेछन्। व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ

मीन– आफन्तको सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिक पक्ष स्थिर रहनेछन्। धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला। तर घरपरिवारमा समय दिन नपाउँदा सम्बन्धमा चिसोपना बढ्ने सम्भावना छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update