काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख डिपी अर्यालले १५ मिनेटको लागि सभा स्थगित भएको जानकारी दिएका हुन् ।
सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार सदनमा सम्बोधनका क्रममा नेपालले भारतको जमिन मिचेको छ भनेर दिएको अभिव्यक्तिको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षसहित सबै विपक्षी दलले विरोध जनाएका थिए । सभामुख अर्यालले आकस्मिक समयमा विपक्षी दलका सांसदलाई बोल्न समय दिएपछि केही बेर सदन चलेको थियो । विपक्षी दलका सांसदले बोलिसकेपछि विपक्षी दलका सबै सांसद उठेर विरोध जनाएका हुन् ।
सभामुख अर्यालले पटकपटक बसेर कार्यसूचीमा प्रवेश गर्न सांसदहरूलाई आग्रह गरे पनि विपक्षी दलका सांसदले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेका हुन् ।





