रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारका लागि निर्धारित बैठक विशेष कारणले स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक अब २०८३ भदौ १० गते बुधबार १ बजे बस्ने भएको छ।
प्रतिनिधिसभाका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा मंगलबार भदौ ९ गते १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणले निर्धारित मिति र समयमा बस्न नसक्ने जनाइएको छ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरेको सूचनामा उल्लेख छ।
यसअघि मंगलबार १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको थियो। बैठकमा सहभागी हुने सांसदहरूको जानकारीका लागि बैठकको नयाँ मिति र समयसम्बन्धी सूचना जारी गरिएको हो।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३ १०:२५
प्रतिक्रिया दिनुहोस्




