आजको राशिफल : मेषका लागि फलदायी, मकरको आर्थिक लाभ हुने

आज मिति २०८३ साल जेठ २३ गते शुक्रबार, तदनुसार ५ जुन, २०२६ । ज्येष्ठ अधिक कृष्णपक्ष पञ्चमी तिथि। 
हेर्नुहोस् आजको राशिफल 

मेष– आजको दिन मध्यम फलदायी रहनेछ। नयाँ कामको थालनी गर्न मन लागे पनि हतार नगर्नुहोला। आर्थिक लेनदेनमा अलि सजग रहनुपर्ने देखिन्छ। साथीभाइको सहयोगले रोकिएका केही कामहरू भने बन्नेछन्।

वृष– आज तपाईंका लागि निकै सकारात्मक दिन छ। व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ भने साथीभाइ वा जीवनसाथीसँग रमाइलो यात्राको योग बन्नेछ। स्वास्थ्यले पनि पूर्ण साथ दिनेछ।

मिथुन– प्रतिस्पर्धामा सफलता मिल्ने दिन छ। शत्रुहरू कमजोर हुनेछन् र पुराना विवादहरू सुल्झिन सक्छन्। रोकिएका धन हात पर्ने सम्भावना छ। स्वास्थ्यमा सुधार आउनेछ र कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

कर्कट– आज मानसिक रूपमा केही अस्थिरता वा चिन्ता बढ्न सक्छ। सन्तान वा शिक्षाको क्षेत्रमा सोचेजस्तो नतिजा नआउँदा मन खिन्न हुन सक्छ। नयाँ लगानीका लागि आजको दिन त्यति उपयुक्त छैन, धैर्यता राख्नुहोला।

सिंह– घरायसी मामिलामा केही विवाद वा तनाव उत्पन्न हुन सक्छ। आमाको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले ध्यान दिनुहोला। जग्गाजमिन वा सवारी साधनको कारोबार गर्दा सोचविचार गरेर मात्र निर्णय लिनुहोला।

कन्या– आज तपाईंको पराक्रम र उत्साह बढ्नेछ। छोटो दुरीको फलदायी यात्राको सम्भावना छ। दाजुभाइ तथा दिदीबहिनीबाट राम्रो सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ।

तुला– वाणीमा संयम राख्नुपर्ने दिन छ। कडा बोल्नाले आफन्त वा साथीभाइसँगको सम्बन्ध बिग्रन सक्छ। आर्थिक रूपमा भने दिन राम्रै छ, तर खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्वास्थ्यको ख्याल राख्नुहोला।

वृश्चिक– आजको दिन सुखद र उत्साहजनक रहनेछ। भौतिक सुख-सुविधाका साधनहरू जुट्नेछन्। नयाँ लुगाकपडा वा गहना खरिदको योग छ। स्वास्थ्य राम्रो रहनेछ र रचनात्मक काममा मन जानेछ।

धनु– आज खर्चको मात्रा अलि बढ्न सक्छ। अनाहकको यात्रा वा दौडधूपले गर्दा शरीरमा थकान महसुस हुनेछ। आँखा वा टाउकोको समस्याले सताउन सक्छ। वादविवादबाट टाढै रहनुहोला।

मकर– आर्थिक लाभका दृष्टिकोणले आजको दिन निकै उत्तम छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। पुराना लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। साथीभाइ र अग्रजहरूको सहयोगले महत्त्वपूर्ण काम बन्नेछन्।

कुम्भ– कार्यक्षेत्रमा ठुलो सफलता मिल्ने योग छ। हाकिम वा माथिल्लो निकायबाट तपाईंको कामको मूल्याङ्कन र प्रशंसा हुनेछ। नयाँ रोजगारी वा पदोन्नतिको अवसर आउन सक्छ। पारिवारिक जीवन सुखमय रहनेछ।

मीन– भाग्यले साथ दिने दिन छ। रोकिएका धार्मिक वा सामाजिक कामहरू अगाडि बढ्नेछन्। लामो दुरीको यात्रा वा वैदेशिक कार्यका लागि दिन शुभ छ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update