आजको राशिफल: मेषका नयाँ काम बन्ने, मकरको दाैडधुप हुनसक्ने

आज मिति २०८३ साल जेठ २६ गते, मंगलबार, तदनुसार ९ जुन, २०२६ । ज्येष्ठ अधिक कृष्णपक्ष नवमी तिथि।

आजको राशिफल यसप्रकार रहेको छ:

मेष– आज नयाँ कामका योजनाहरू बन्नेछन्। आर्थिक क्षेत्रमा सुधार आउनेछ। लामो समयदेखि रोकिएका कामहरू सुचारु हुन सक्छन्। साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ।

वृष– बोलीमा संयम राख्नुहोला, अन्यथा विवाद बढ्न सक्छ। अनावश्यक खर्चले मानसिक तनाव दिन सक्छ। काममा केही ढिलाइ भए पनि अन्त्यमा सफलता मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला।

मिथुन– आजको दिन निकै उत्साहजनक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै प्रेम सम्बन्धमा मधुरता छाउनेछ। वैदेशिक कार्य अगाडि बढ्नेछ।

कर्कट– कार्यक्षेत्रमा प्रतिस्पर्धीहरू सक्रिय हुन सक्छन्, त्यसैले सतर्क रहनुहोला। खर्चको मात्रा बढ्ने योग छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। बेलुकीपख भने शुभ समाचार सुन्न पाइनेछ।

सिंह– अधुरा कामहरू पूरा हुनेछन्। व्यापार–व्यवसायमा राम्रो मुनाफा आर्जन हुनेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ। सन्तान पक्षबाट सहयोग र खुसी प्राप्त हुने देखिन्छ।

कन्या– आज केही पारिवारिक समस्याले पिरोल्न सक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। काममा बाधा उत्पन्न भए पनि धैर्यता नगुमाउनुहोला। दिनको उत्तरार्धमा स्थिति सुधारिनेछ।

तुला– सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। दाजुभाइ वा नजिकका मित्रबाट सहयोग मिल्नेछ। रोकिएको धन हात पर्ने सम्भावना छ।

वृश्चिक– आर्थिक लाभको बलियो योग छ। मिठो खानपान र भेटघाटमा समय बित्नेछ। कला र संगीतमा रुचि बढ्नेछ। बोलीको प्रभावले रोकिएका कामहरू सम्पादन हुनेछन्।

धनु– तपाईंको कार्यक्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। मानसिक रूपमा शान्ति महसुस गर्नुहुनेछ। शुभ र माङ्गलिक कार्यको योजना बन्नेछ।

मकर–आज अलि बढी दौडधुप गर्नुपर्ने हुन सक्छ। खर्चमा नियन्त्रण नहुँदा समस्या पर्न सक्छ। टाढाको यात्राको योग छ, तर स्वास्थ्यको ख्याल राख्नुहोला। आफन्तसँग केही दूरी बढ्न सक्छ।

कुम्भ– लामो समयदेखिको प्रयास सफल हुनेछ। आकस्मिक धन लाभको योग छ। प्रेम जीवन सफल रहनेछ भने व्यापारमा नयाँ लगानीका लागि समय उत्तम छ। मित्रजनको साथले साहस बढ्नेछ।

मीन– सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ। घर–परिवारमा खुसीको वातावरण रहनेछ। रोजगारीको खोजीमा रहेकाहरूका लागि आजको दिन फलदायी हुनेछ। मानसम्मान मिल्ने समय छ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update