आज मिति २०८२ साल जेठ २८ गते बिहीबार, तदनुसार ११ जुन, २०२६ । ज्येष्ठ अधिक कृष्णपक्ष एकादशी तिथि।
हेर्नुहोस् आजको राशिफल :
मेष– आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका अधुरा कामहरू बन्नेछन्। व्यापार–व्यवसायमा राम्रो लाभ मिल्नेछ। साथीभाइको सहयोगले मन प्रशन्न रहनेछ। प्रेम सम्बन्धमा सामीप्यता बढ्नेछ।
बृष– आर्थिक दृष्टिकोणले आजको दिन राम्रो छ। नयाँ लगानीको अवसर प्राप्त हुन सक्छ। बोलीको प्रभाव बढ्नेछ, जसका कारण बिग्रिन लागेका काम पनि सुध्रिनेछन्। खानपानमा भने अलि ध्यान दिनुहोला।
मिथुन– आज तपाईको आत्मबल उच्च रहनेछ। समाजमा मान–सम्मान र प्रतिष्ठा कमाउने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नुका साथै नयाँ वस्त्र वा गहना खरिद गर्ने योग छ। स्वास्थ्य राम्रो रहनेछ।
कर्कट– आज खर्च अलि बढ्न सक्छ, त्यसैले बजेट सन्तुलनमा राख्न आवश्यक छ। यात्राको योग छ, तर सावधानी अपनाउनुहोला। अनावश्यक विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ। साँझपख भने मन शान्त हुनेछ।
सिंह– आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। दाजुभाइ वा मित्रवर्गबाट विशेष सहयोग मिल्नेछ। सोचेका कामहरू समयमै सम्पन्न हुनाले मनमा उत्साह थपिनेछ। कृषि तथा पशुपालनबाट राम्रो लाभ हुनेछ।
कन्या– कार्यक्षेत्रमा तपाईको कामको उच्च मूल्यांकन हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। राजनीति र सामाजिक क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन निकै अनुकूल रहनेछ।
तुला– भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा सांस्कृतिक कार्यहरू अगाडि बढ्नेछन्। दूरदराजको यात्रा वा विदेश यात्राको योग बन्न सक्छ। विद्यार्थी वर्गका लागि अध्ययन–अध्यापनमा सफलता मिल्नेछ।
बृश्चिक– आज स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले स्वास्थ्यको ख्याल राख्नुहोला। काममा केही बाधा–अवरोध आउन सक्ने भएकाले धैर्यताका साथ काम लिनुहोला। गोप्य कुराहरू कसैलाई सेयर नगर्नु नै राम्रो हुनेछ।
धनु– दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोगले ठूला कामहरू पनि सजिलै सम्पन्न हुनेछन्। नयाँ व्यापारिक साझेदारी वा सम्झौता हुन सक्छ। यात्रा फलदायी र मनोरञ्जक रहनेछ।
मकर– प्रतिस्पर्धी वा शत्रुहरू परास्त हुनेछन्। पुराना रोग वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। अदालती वा विवादित मामिलाहरूमा तपाईको जित हुने सम्भावना छ। ऋण मोचनको दिशामा पनि प्रगति होला।
कुम्भ– बौद्धिक र रचनात्मक काममा रुचि बढ्नेछ। सन्तानका तर्फबाट सुखद समाचार सुन्न पाउनुहुनेछ। कला, साहित्य वा संगीत क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन विशेष रहनेछ। प्रेम जीवन सुमधुर रहनेछ।
मीन– आज पारिवारिक मामिलामा अलि बढी समय दिनुपर्ने हुन सक्छ। घरजग्गा वा सवारी साधन खरिद–बिक्रीको कुरा चल्न सक्छ। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला। मनमा केही चञ्चलता रहे पनि साँझसम्म परिस्थिति अनुकूल बन्नेछ।





