कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याद थपियो

काठमाडौं। नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने म्याद थप गरेको छ । 

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले  वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ ।

त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।

काँग्रेसले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद  बढाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update