आज मिति २०८३ साल जेठ ३० गते शनिबार, तदनुसार १३ जुन, २०२६ । ज्येष्ठ अधिक कृष्णपक्ष त्रयाेदशी तिथि। हेर्नुहोस् राशिफल
मेष– आजको दिन फलदायी रहनेछ। रोकिएका कामहरू सहजै सम्पादन हुनेछन्। नयाँ लगानीको अवसर मिल्न सक्छ। पारिवारिक सुख मिल्नुका साथै साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ।
वृष– बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक विवादबाट जोगिनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा सामान्य सुधार हुनेछ। स्वास्थ्यमा अलि सजग रहनुहोला; खानपानमा ध्यान दिनुहोस्।
मिथुन– आज रचनात्मक काममा रुचि बढ्नेछ। नयाँ वस्त्र वा उपहार प्राप्तिको योग छ। व्यापार व्यवसायमा राम्रो फाइदा हुनेछ। वैदेशिक क्षेत्रका कामहरू अघि बढ्नेछन्।
कर्कट– खर्च बढ्ने सम्भावना भएकाले बजेटमा नियन्त्रण राख्नुहोला। टाढाको यात्राको योग बन्न सक्छ। काममा केही ढिलाइ भए पनि बेलुकासम्म सफलता मिल्नेछ। विवादबाट टाढै रहनुहोला।
सिंह – आयस्रोतमा वृद्धि हुनेछ र पुराना लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। साथीभाइ तथा दाजुभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। रोकिएको धन हात पर्ने सम्भावना छ।
कन्या– कर्मक्षेत्रमा उन्नति हुने दिन छ। नयाँ कार्यभार वा रोजगारीको अवसर मिल्न सक्छ। समाजमा मान-सम्मान बढ्नेछ। अभिभावकको मार्गदर्शनले सही बाटो देखाउनेछ।
तुला– भाग्यले साथ दिनेछ। अध्यात्म र परोपकारका काममा मन जानेछ। लामो दुरीको यात्रा फलदायी रहनेछ। रोकिएका सरकारी वा प्रशासनिक कामहरू आज सुल्झिन सक्छन्।
वृश्चिक– आज स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। कार्यक्षेत्रमा अनावश्यक दबाब आउनेछ, त्यसैले धैर्यता राख्नुहोला। आकस्मिक खर्च बढ्न सक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस्।
धनु – दाम्पत्य जीवन सुखमय रहनेछ। विपरीत लिङ्गी मित्रबाट विशेष सहयोग मिल्न सक्छ। व्यापारिक साझेदारीबाट राम्रो लाभ हुनेछ। छोटो र रमाइलो यात्राको सम्भावना छ।
मकर– प्रतिस्पर्धीहरू परास्त हुनेछन् र मुद्दा-मामलामा विजय मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। रोकिएका पुराना कामहरू आज पुनः सुरु गर्न अनुकूल समय छ। ऋण मोचनको योग छ।
कुम्भ– बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। अध्ययन-अध्यापनमा मन जानेछ। सन्तान वा शिक्षाको क्षेत्रबाट सुखद समाचार सुन्न पाउनुहुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।
मीन– आज मनमा केही चञ्चलता वा अस्थिरता बढ्न सक्छ। पारिवारिक मामिलामा केही विवाद हुन सक्ने भएकाले संयम रहनुहोला। भूमि वा सवारी साधनको कारोबार गर्दा विचार पुर्याउनुहोला।



