आजको राशिफल : मेषको रचनात्मक कार्यमा मन जाने, मिथुनको मनमा नयाँ उत्साह

आज मिति २०८३ साल असार २ गते मंगलबार, तदनुसार १६ जुन, २०२६ ।  ज्येष्ठ शुद्ध शुक्लपक्ष प्रतिपदा तिथि । 
 हेर्नुहोस् आजको राशिफल 

मेष– आज रचनात्मक कार्यमा मन जानेछ। पुराना साथीभाइसँग भेटघाट हुने अवसर मिल्नेछ। रोकिएका कामहरू थोरै प्रयासले पनि पूरा हुन सक्छन्। व्यापारमा सामान्य लाभ हुनेछ।

वृष– बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक बहसबाट टाढै रहनुहोला। आर्थिक लेनदेनमा अलि सजग रहनुपर्ने देखिन्छ। पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मिथुन– मनमा नयाँ उत्साह र उमङ्ग आउनेछ। नयाँ कामको थालनी गर्न आजको दिन शुभ छ। कार्यक्षेत्रमा तपाईंको निर्णयको प्रशंसा हुनेछ। आकस्मिक धन लाभको योग छ।

कर्कट – आज खर्चको मात्रा अलि बढ्न सक्छ। सोचविचार नगरी ठुलो लगानी नगर्नुहोला। यात्रा गर्दा वा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक छ। साँझपख शुभ समाचार सुन्न पाउनुहुनेछ।

सिंह– आज आयआर्जनका नयाँ मार्गहरू खुल्नेछन्। साथीभाइ र सहयोगीहरूको पूर्ण साथ मिल्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

कन्या – तपाईंको कार्यक्षमताको कदर हुनेछ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग बनेको छ। राजनीति तथा सामाजिक क्षेत्रमा लाग्नुभएकाहरूका लागि आजको दिन निकै फलदायी रहनेछ।

तुला –भाग्यले साथ दिनेछ। रोकिएका अधुरा कामहरू सहजै सम्पन्न हुनेछन्। धार्मिक वा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू अगाडि बढ्नेछन्।

वृश्चिक– आजको दिन स्वास्थ्यको मामलामा अलि कमजोर रहन सक्छ, खानपानमा ध्यान दिनुहोला। गोप्य कुराहरू कसैलाई सेयर नगर्नु नै बुद्धिमानी हुनेछ। कडा मिहिनेतपछि मात्र काममा सफलता मिल्नेछ।

धनु – प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। विपरीत लिङ्गी मित्रको सहयोगले कामहरू बन्नेछन्। व्यापार र साझेदारीको कामबाट राम्रो आर्थिक फाइदा मिल्ने योग छ।

मकर – प्रतिस्पर्धी वा शत्रुहरूमाथि तपाईंको जित हुनेछ। पुराना रोग वा स्वास्थ्य समस्याबाट मुक्ति मिल्न सक्छ। आँटेका कामहरू समयमै पूरा हुनाले मन प्रसन्न रहनेछ।

कुम्भ –  बौद्धिक तथा प्राज्ञिक कार्यमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा प्रगति हुने राम्रो समय छ। नयाँ योजना वा विचार फुर्नेछ। सन्तानबाट सुख मिल्नेछ।

मीन – आज मनमा केही चञ्चलता वा असन्तुष्टि रहन सक्छ। घरायसी वा जग्गाजमिनको मामिलामा विवाद हुन सक्ने भएकाले संयम रहनुहोला। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update