आजको राशिफल : वृषमा नयाँ उत्साह, सिंहको बोलीको प्रभाव बढ्ने

आज मिति २०८३ साल असार ४ गते बिहीबार, तदनुसार १८ जुन, २०२६ । ज्येष्ठ शुद्ध शुक्लपक्ष चतुर्थी तिथि।
हेर्नुहोस् राशिफल 

मेष-  आजको दिन मिश्रित फलदायी रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। स्वास्थ्यमा अलि बढी ध्यान दिनुहोला, बासी वा बाहिरको खानाले पेट बिगार्न सक्छ। पारिवारिक कलह हुन सक्ने भएकाले बोलीमा नियन्त्रण राख्नुहोला।

वृष - नयाँ उत्साह र उमङ्गका साथ आजको दिन सुरु हुनेछ। रोकिइरहेका अधुरा कामहरू साथीभाइको सहयोगमा पुरा हुनेछन्। आर्थिक पक्ष बलियो बन्नेछ भने प्रेम जीवनमा मधुरता छाउनेछ। लामो दुरीको यात्राको योग छ।

मिथुन - मानसिक तनाव अलि बढ्न सक्छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग असमझदारी बढ्ने सम्भावना भएकाले वादविवादबाट टाढै रहनुहोला। खर्चको मात्रा बढ्नेछ। संयमित भएर निर्णय लिनुहोला।

कर्कट -  आज तपाइँको मान-सम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। परिवारमा सुखद र रमाइलो वातावरण रहनेछ। वैदेशिक कार्यहरू सहजै अघि बढ्नेछन्।

सिंह - बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा पुराना रोकिएका कामहरू बन्नेछन्। कला, साहित्य र संगीत क्षेत्रमा लागेकाहरूका लागि आजको दिन निकै राम्रो छ। धनको आगमन सहज हुनेछ। बोलीकै भरमा काम बन्ने समय छ।

कन्या - आज आकस्मिक धन लाभको योग रहेको छ। नयाँ लगानीका क्षेत्रहरू खुल्नेछन्। स्वास्थ्य राम्रो रहनेछ र पुराना रोगहरूबाट मुक्ति मिल्न सक्छ। दाजुभाइ तथा मित्रहरूबाट राम्रो सहयोग पाइनेछ।

तुला -  नयाँ कामको योजना बन्नेछ, तर कार्यान्वयन गर्न केही समय कुर्नु नै बेस हुनेछ। अनावश्यक दौडधुप बढी होला। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। अनावश्यक खर्चमा भने नियन्त्रण राख्नुहोला।

वृश्चिक - मन प्रसन्न रहनेछ। शत्रुहरू परास्त हुनेछन् र तपाइँको प्रभाव समाजमा बढ्नेछ। रोकिएका आर्थिक कारोबारहरू सुल्झिनेछन्। अध्ययन अध्यापनमा रुचि बढ्नुका साथै परीक्षा आदिमा सफलता मिल्नेछ।

धनु  - व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुन सक्छ। नयाँ वस्त्र वा गहना खरिद गर्ने योग छ। परिवारका सदस्यहरूसँग रमाइलो यात्रा गर्ने मौका मिल्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

मकर - आज धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। तीर्थयात्रा वा मन्दिर दर्शनको योग छ। भाग्यले साथ दिने हुनाले सानातिना प्रयासबाटै ठुला कामहरू बन्न सक्छन्। नयाँ कार्यको थालनीका लागि दिन शुभ छ।

कुम्भ - आज स्वास्थ्यमा केही समस्या आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। सोचेका कामहरूमा बाधा आउन सक्छ। कसैसँग ऋण लेनदेन नगर्नुहोला, विवाद हुन सक्छ। धैर्यताका साथ काम गर्ने समय छ।

मीन -  आज मनमा उत्साह र उमङ्ग छाउनेछ। लामो समयदेखि भेट नभएका पुराना साथीभाइसँग भेटघाट हुने अवसर मिल्नेछ। उपहार वा धन लाभ हुन सक्छ। मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update