आज मिति २०८३ साल असार ७ गते आइतबार, तदनुसार २१ जुन, २०२६ । ज्येष्ठ शुद्ध शुक्लपक्ष सप्तमी तिथि।
हेर्नुहोस् आजको राशिफल
मेष - आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका आर्थिक कारोबारहरू सुल्झिनेछन् र आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो सहयोग मिल्नेछ। साँझपख परिवारसँग रमाइलो समय बित्नेछ।
वृष - आज बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा पुराना रोकिएका कामहरू बन्नेछन्। कला, साहित्य र संगीत क्षेत्रमा लागेकाहरूका लागि आजको दिन निकै राम्रो छ। सामाजिक कार्यमा रुचि बढ्नेछ।
मिथुन - मनमा केही दुविधा वा अलमल रहन सक्छ। अनावश्यक दौडधुप बढी होला। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला। हतारमा कुनै पनि निर्णय नलिनु नै बेस हुनेछ।
कर्कट - नयाँ उत्साह र उमङ्गका साथ आजको दिन सुरु हुनेछ। साथीभाइको सहयोगमा लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन्। प्रेम जीवनमा मधुरता छाउनेछ। छोटो दुरीको सुखद यात्राको योग छ।
सिंह - व्यापार व्यवसायमा सोचेभन्दा बढी फाइदा हुन सक्छ। नयाँ वस्त्र वा गहना खरिद गर्ने योग छ। परिवारका सदस्यहरूसँग धार्मिक यात्रा गर्ने मौका मिल्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ।
कन्या - आज मानसिक तनाव अलि बढ्न सक्छ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग असमझदारी बढ्ने सम्भावना भएकाले वादविवादबाट टाढै रहनुहोला। खर्चको मात्रा बढ्नेछ। संयमित भएर निर्णय लिनुहोला।
तुला - आज आकस्मिक धन लाभको योग रहेको छ। नयाँ लगानीका क्षेत्रहरू खुल्नेछन्। स्वास्थ्य राम्रो रहनेछ र पुराना रोगहरूबाट मुक्ति मिल्न सक्छ। दाजुभाइ तथा मित्रहरूबाट राम्रो सहयोग पाइनेछ।
वृश्चिक - नयाँ कामको जिम्मेवारी पाइनेछ। हाकिम वा मान्यजनको सहयोगले करियरमा सकारात्मक परिवर्तन आउनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ। व्यापार वा जागिरको सिलसिलामा यात्राको योग बन्न सक्छ।
धनु - भाग्यले साथ दिनेछ। धार्मिक वा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नुका साथै मन्दिर दर्शनको योग छ। बिग्रन लागेका कामहरू पनि आफ्नै प्रयासमा सुधार्न सकिनेछ। विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ।
मकर- आज स्वास्थ्यमा केही समस्या आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। सोचेका कामहरूमा बाधा आउन सक्छ। कसैसँग ऋण लेनदेन नगर्नुहोला, विवाद हुन सक्छ। धैर्यताका साथ काम गर्ने समय छ।
कुम्भ - दाम्पत्य जीवन वा प्रेम सम्बन्ध अझ मधुर बन्नेछ। व्यावसायिक साझेदारीबाट राम्रो लाभ मिल्नेछ। मनमा नयाँ उत्साह छाउनेछ र कार्यहरू समयमै सकिनेछन्। मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ।
मीन- शत्रुहरू परास्त हुनेछन् र पुराना विवादहरू सुल्झिनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। अदालती वा प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ। मेहनतको उचित फल पाइने दिन छ।





