काठमाडौँ । जुम्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।
चन्दनाथ नगरपालिकाले ५९ करोड ४६ लाख ७१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख आठ हजार रुपैयाँ, पातारासी गाउँपालिकाले ४५ करोड ४६ लाख छ हजार रुपैयाँ र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएका छन् ।
यस्तै, हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार रुपैयाँको बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते ३८ करोड ३६ लाख ८३ हजार रुपैयाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।





