आज मिति २०८३ साल असार १५ गते सोमबार, तदनुसार २९ जुन, २०२६ । ज्येष्ठ शुद्ध शुक्लपक्ष पूर्णिमा तिथि।
आजको राशिफल यस प्रकार छ
मेष– आज तपाईंको दिन सक्रिय र ऊर्जाशील रहनेछ। सम्पत्ति आर्जन गर्ने तथा आर्थिक आधार सुदृढ बनाउने अवसर प्राप्त हुन सक्छ। धार्मिक तथा शैक्षिक यात्राको योग छ। नयाँ योजना वा लगानीका विषयमा सकारात्मक संकेत देखिनेछन्।
वृष– भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा विशेष ध्यान दिनुहोला। बोलचालमा संयम र विवेक अपनाउनु आवश्यक छ, अन्यथा सम्बन्धमा दूरी आउन सक्छ। व्यापारमा ठूलो लगानी गरिहाल्ने समय नरहेकाले धैर्यता राख्नुहोला।
मिथुन– तार्किक र बौद्धिक क्षमतामा वृद्धि हुनेछ। एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने आर्थिक पक्ष सबल रहनेछ। मायाप्रेम र दाम्पत्य जीवन सुमधुर रहनेछ। अध्ययनमा अरूभन्दा अगाडि बढ्न सकिनेछ।
कर्कट– व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना ऋण वा कारोबारहरू सल्टाउने समय छ। शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। स्वास्थ्यमा सकारात्मक सुधार आउनाले मानसिक शान्ति मिल्नेछ।
सिंह– अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले सोचेजस्तो उपलब्धि हासिल हुनेछ। नयाँ काम गर्ने वातावरण बन्नेछ। तर दाम्पत्य जीवन वा प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्ने भएकाले समझदारी अपनाउनुहोला।
कन्या– कार्य सम्पादन गर्ने सवालमा केही बाधा-अवरोधको सामना गर्नुपर्ला। योजनाबद्ध ढंगले अघि बढ्नु आवश्यक छ। कृषि, पशुपालन तथा पुर्ख्यौली पेसाबाट भने मनग्य धन आर्जन गर्न सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
तुला– साझेदारी वा टिमवर्कमा राम्रो सफलता मिल्नेछ। आम्दानीका स्रोतहरू पहिल्याउन सकिनेछ र कार्यक्षेत्रमा पदोन्नतिको योग छ। पुराना स्वास्थ्यसम्बन्धी समस्या कम हुँदै जानेछन्। बोलचालमा भने सावधानी राख्नुहोला।
वृश्चिक– नयाँ सम्पर्क बन्नाले भविष्यमा लाभ हुनेछ। तर स्वास्थ्यप्रति विशेष सचेत रहनुपर्ने समय छ, खानपानमा ध्यान दिनुहोला। घर परिवारमा आफन्तहरूसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले धैर्यता कायम राख्नुहोला।
धनु– भाग्यले साथ दिनेछ। परिश्रमको फल मिल्नेछ, तर आफ्नो उपलब्धिलाई सुरक्षित राख्न सचेत रहनुहोला। प्राविधिक शिक्षा तथा लगानी गरेका क्षेत्रबाट राम्रो फाइदा हुनेछ। धार्मिक कार्यमा मन जानेछ।
मकर– झुटा आरोप वा अनावश्यक आलोचनाको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्चमा वृद्धि हुने सम्भावना देखिएकाले आर्थिक व्यवस्थापनमा सजग रहनुहोला। परिवारको सल्लाहमा गरेको काम भने बिस्तारै सफल हुनेछ।
कुम्भ– बौद्धिक तथा सृजनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छन्। नयाँ विचार र योजनाले कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ र आम्दानीका स्रोत बढ्नेछन्।
मीन– व्यापार व्यवसायमा आफन्तहरूको साथ र सहयोग मिल्नेछ। दाम्पत्य तथा पारिवारिक जीवन सुखद र सन्तुलित रहनेछ। बोलीको प्रभावले रोकिएका कामहरू पूरा हुनेछन्। मौसमी स्वास्थ्य समस्याबाट जोगिन आवश्यक छ।





