आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भुसाल, भन्सारमा भुसाल

 

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय अन्तरगतका महत्वपूर्ण दुई विभागको नेतृत्व परिवर्तन गरेका छन् ।

मन्त्री वाग्लेले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ नेतृत्व चयन गरेका हुन् ।

मन्त्री डा. वाग्लेको सचिवालयले दिएको जानकारी अनुसार भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल नियुक्त भएका छन् । भुसाललाई हालैको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालय ल्याएको थियो ।

यस्तै निमित्त महानिर्देशक भरतमणि पाण्डेय अर्थमन्त्रालयबाट बाहिरिएका छन् । अर्थमन्त्री वाग्लेले भन्सार विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्यलाई पठाएका छन् ।

यस्तै, आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त नियुक्त भएका छन् । हालका  महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालयबाट बाहिरिएपछि डा. भुसाललाई विभाग पठाइएको हो ।

 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update