उत्तरगया गाउँपालिकाको बजेट खर्च ६६ प्रतिशत

काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाले चालु आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले दिएको जानकारी अनुसार समग्र बजेट खर्च ६६.१४ प्रतिशत भएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ४६ करोड १५ लाख ९४ हजार ४१५ रुपैयाँ बजेट ल्याएको थियो । यसमध्ये ३० करोड ५३ लाख २५ हजार १७९ रुपैयाँ बजेट खर्च भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि ल्याएको २९ करोड २८ लाख ९४ हजार ४१५ रुपैयाँ चालु खर्चमध्ये २१ करोड २५ लाख ८६ हजार ११४ रुपैयाँ खर्च भएको छ । यो भनेको कुल बजेटको ७२.५८ प्रतिशत हो । यस्तै, १६ करोड ८७ लाख रुपैयाँ पुँगीगत बजेटमध्ये ९ करोड २७ लाख ३९ हजार ६५ रुपैयाँ बजेट खर्च भएको छ । यो भनेको कुल विनियोजित बजेटको ५४.९७ प्रतिशत हो ।

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update