आजको राशिफल : मेषको नयाँ कामको योजना बन्ने,  मकरको शत्रुसँग विजय

आज मिति २०८३ साल असार २८ गते आइतबार, तदनुसार १२ जुलाई, २०२६ । हेर्नुहोस् आजको राशिफल :

मेष– नयाँ कामको योजना बुन्ने समय छ। रोकिएका पुराना कामहरू सहकर्मी वा मित्रहरूको सहयोगमा अगाडि बढ्नेछन्। व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ भने घरायसी वातावरण सुखद रहनेछ।

वृष– आर्थिक दृष्टिकोणले आजको दिन केही खर्चिलो बन्न सक्छ। अनावश्यक यात्रा र फजुल खर्चबाट बच्नुहोला। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले संवाद गर्दा संयम र मधुरता अपनाउनु राम्रो हुन्छ।

मिथुन– लामो समयदेखि प्रतीक्षा गरिएको शुभ समाचार सुन्न पाइनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। प्रेम जीवन तथा पारिवारिक सम्बन्ध अझ सुमधुर रहनेछ।

कर्कट– स्वास्थ्यमा केही शिथिलता वा थकान महसुस हुन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनुहोला। शत्रु र प्रतिस्पर्धीहरू सक्रिय रहने भएकाले आफ्नो गोपनीयता कायम राख्नुहोला। प्राविधिक काममा भने सफलता मिल्नेछ।

सिंह– आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। बौद्धिक र प्राज्ञिक क्षेत्रमा लागेकाहरूका लागि दिन फलदायी रहनेछ। विद्यार्थी वर्गले अध्ययनमा राम्रो प्रगति गर्न सक्नेछन्।

कन्या– दैनिक कामधन्दा र प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। पुराना मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आमा वा परिवारका ज्येष्ठ सदस्यको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

तुला– भाग्यले साथ दिनेछ। रोकिएका कामहरू सहजै सम्पन्न हुनेछन्। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। छोटो दुरीको लाभदायक यात्राको योग रहेको छ।

वृश्चिक– आज वादविवाद र प्रतिस्पर्धाबाट टाढै रहनुहोला। सवारी साधन चलाउँदा वा मेसिनरी सामानको प्रयोग गर्दा विशेष सचेत रहनुहोला। घर परिवारमा आफन्तहरूसँग धैर्यता कायम राख्नुहोला।

धनु– साझेदारी र टिमवर्कमा गरिएका कामबाट राम्रो आर्थिक लाभ मिल्नेछ। विपरीत लिङ्गी मित्रबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक सुख र मानसिक शान्ति मिल्ने समय छ।

मकर– शत्रु र प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। आँटेका कामहरू थोरै मिहिनेतले पनि फत्ते हुनेछन्। पुराना ऋण वा अल्झिएका मामिलाहरू सुल्झाउन आजको दिन अनुकूल छ।

कुम्भ– बौद्धिक र सृजनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छन्। नयाँ विचार र योजनाले कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

मीन– पारिवारिक विषयलाई लिएर केही मानसिक तनाव वा असमझदारी बढ्न सक्छ। हतारमा कुनै पनि ठुलो निर्णय नलिनुहोला। कृषि, भूमि तथा निर्माण सम्बन्धी व्यवसायमा भने लाभ हुने देखिन्छ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update