काठमाडौँ । रोल्पा जिल्लाको रोल्पा नगरपालिकालिकाले चालु आर्थिक वर्षमा करिब ८६ प्रतिशत बजेट खर्च गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ८५.५६ प्रतिशत खर्च भएको छ ।
यस्तो खर्चमध्ये चालु बजेट ८८ प्रतिशत खर्च भएको छ भने पुँजीगत बजेट ७७.७८ प्रतिशत खर्च भएको छ ।
स्थानीय तहहरुले असार २५ गते नै आफ्नो चालु आर्थिक वर्षको बजेट खर्चको विवरण तयार पारिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २८, २०८३ १६:००
प्रतिक्रिया दिनुहोस्






