काठमाडौँ । रोल्पा जिल्लाको रोल्पा नगरपालिकाले रुकुमकोट क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ३० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
२०८३ वैशाख १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिए ।
घटनाबाट ठूलो क्षति भएपछि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न गरिएको अपिललाई समेत मध्यनजर गर्दै रोल्पा नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाको निर्णयअनुसार जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राविधिकलगायतबाट भाद्र महिनाको तलब मासिक सुविधाबाट रकम कट्टा गरी एकमुष्ट करिब ३० लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले विपद्को यस दुःखद् घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ।




