काठमाडौँ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले चालु आर्थिक वर्षमा ७६ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा ईन्द्रावती गाउँपालिकाले ८६ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ६६ करोड रुपैयाँ मात्रै खर्च गरेको हो । यो भनेको कुल विनियोजित रकमको ७६.२६ प्रतिशत खर्च हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दनबहादुर ऐडीले दिएको जानकारी अनुसार गाउँपालिकाले ३३ करोड ३० लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यसमध्ये २२ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ । ईन्द्रावती गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटको ६८.९६ प्रतिशत खर्च गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षमा ५३ करोड २४ लाख रुपैयाँ चालु बजेट विनियोजन गरिएकोमा ४३ करोड ३ लाख रुपैयाँ बजेट खर्च भएको छ । यो भनेको कुल विनियोजित बजेटको ८०.८२ प्रतिशत खर्च हो ।






