Odapalika - The Fourth Estate - चौथो अंग
फेरि कुटिए स्थानीय तहका कर्मचारी, ज्यान लिनेसम्मको धम्की 

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कार्यरत कर्मचारीमाथि हातपात भएको छ ।  इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का वडासचिव चेतन कुमार गौतमसहितका कर्मचारीलाई स्थानीय सुनिल थापाले कार्यालयमै प्रवेश गरेर आक्रमण गरेका छन् । 

वडासचिव गौतमका अनुसार कार्यालयको ल्यापटप, कुर्सीलगायतका सामान तोडफोड गर्नुका साथै कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिइएको छ । 

आइतवार दिउँसो कार्यालय प्रवेश गरेका थापाले अपशव्द बोल्दै कर्मचारी र कार्यालयका भौतिक सम्पत्तिमा आक्रमण गरेको कर्मचारीहरु बताउँछन् । 

आक्रमणको निन्दा गर्दै वडा कार्यालयका कर्मचारीले संयुक्त विज्ञप्तिमार्फत आक्रमणमा संलग्न थापालाई कारवाही गर्न माग गरेका छन् । 

किना कारण कर्मचारीमाथि हातपात गर्नेमाथि कारवाही नभए आन्दोनलमा उत्रने चेतावनी उनीहरुको छ । यसैबीच कर्मचारीमाथि हातपात गर्ने स्थानीय सुनिल थापालाई कारवाही गर्न स्थानीय तह कर्मचारी सञ्जालका केन्द्रीय सहसंयोजक इश्वर बहादुर सिंहले माग गरेका छन् । 

पछिल्ला दिन जनप्रतिनिधि र स्थानीयबाट कर्मचारीहरु कुटिने क्रम वढ्दो छ । सिंहका अनुसार कर्मचारीमाथि भौतिक र पेशागत हमला निरन्तर जारी रहेका कारण स्थानीय तहका कर्मचारी त्रसित छन् ।  

todfod1-1747026642.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update