बृद्धभत्ता नवीकरणका लागि गाउँ गइरहनु नपर्ने, जुनसुकै वडामा गएपनि हुने

 

काठमाडौँ । सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नागरिकले सो भत्ताको लागि लाभग्राही नवीकरण गर्न आफ्नै पालिका वा आफ्नो पालिकाको पनि आफ्नै वडा जानुपर्ने झन्झट हटेको छ ।

लाभग्राहीको विवरण नवीकरणको कार्य अनलाइन प्रणालीबाट गरिने र यसअघि नै अनलाइन प्रणालीमा विवरण प्रविष्ट भइसकेकोले लाभग्राही नवीकरण तथा बायोमेट्रिक दिनको लागि पनि आफ्नो पालिका वा वडा नगए पनि हुने भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका निर्देशक विजया कुमारी प्रसाईंले पहिला नै लाभग्राही सुचिकृत भइसकेका नागरिकले नवीकरणको लागि आफ्नै पालिका वा आफ्नै वडा गइरहनु नपर्ने बताइन् ।

‘नयाँ आर्थिक वर्ष सुरु भएपछि असोज मसान्तभित्रमा सामाजिक सरक्षा भत्ता लिइरहेका लाभग्राहीको विवरण नवीकरण गर्नुपर्छ । नवीकरण गर्नको लागि आफू बसेको ठाउँको नजिकको जुनसुकै पालिकाको वडा कार्यालय गएपनि हुन्छ, त्यहीबाट नवीकरण हुन्छ । आफ्नै पालिका वा आफ्नै वडामा गइरहनु पर्दैन,’ निर्देशक प्रसाईले वडापालिकासँग भनिन् ।

यसको अर्थ कुनै जिल्लाको मानिस काठमाडौँमा आएर बसेको छ भने सामाजिक सुरक्षा भत्ता लिनको लागि विवरण नवीकरण गर्न आफ्नै जिल्लाको पालिका वा आफ्नै वडा गइरहनु परेन । अब काठमाडौँको आफू बसेको नजिकको वडा कार्यालयमा गएर हुने भयो ।

नयाँ दर्ताको लागि भने सम्बन्धित पालिकाको स्थायी ठेगाना भएको वडामा नै जानुपर्ने उनले बताइन् । 

यसको लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले असार ३१ गते सबै स्थानीय तहहरुलाई परिपत्र पनि गरेको छ । 

परिपत्रमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीहरुको सामजिक सुरक्षा ९तेस्रो संशोधन० 

नियमावली, २०८२ को नियम ९९० बमोजिम असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न गराउन भनिएको छ । सबै लाभग्राहीहरुले आ(आफ्नो वडा कार्यालयमा ९ अस्थायी बसोबास रहेको वडा कार्यालयमा समेत बायोमेट्रिक गरिसकेको अवस्थामा ० स्वयम् उपस्थित भई जैविक पहिचानका आधारमा नविकरण गरी २०८४ असार मसान्त सम्मको सामाजिक सुरक्षा भत्ता प्राप्ति सुनिश्चित गर्न गराउन भनिएको छ । यस्तै, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नविकरण गर्दा राष्ट्रिय परिचय नम्बरका आधारमा जैविक पहिचान मार्फत गर्न गराउन भनिएको छ ।

मन्त्रालयले गरेको परिपत्रमा सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने समय असोज मसान्त सम्म रहेको हुँदा वडा कार्यालयमा भिडभाड कम गरी नविकरण कार्य व्यवस्थित गर्न वडा कार्यालय मार्फत आवश्यक सहजीकरण गर्न भनिएको छ ।

के–के चाहिन्छ कागजात ?

वडापालिकाले केही स्थानीय तहमा सम्पर्क गरी विवरण नवीकरणको लागि के–के कागजात चाहिन्छ भनेर सोधेका छौं । उनीहरुले ६ प्रकारका कागजात चाहिने बताए ।

  • १. नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी, 
  • २. सामाजिक सुरक्षा परिचयपत्र प्रतिलिपी, 
  • ३. राष्ट्रिय परिचयपत्र नम्बर
  • ४. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र, अर्को विवाह नगरेको वडाको सिफारिसपत्र, 
  • ५. अपाङ्गता भएका लाभग्राहीहरुको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्र ९ १६ वर्ष उमेर पुगेका लाभग्राहीहरुको हकमा नेपाली नागरिकताको प्रमाणपत्र र १६ वर्ष भन्दा मुनिका बालबालिकाहरुको हकमा जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी ।
  • ६. बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

तर, १६ वर्ष उमेर पूरा नभएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र ९० वर्ष माथिका ज्येष्ठ नागरीकहरुलाई लाभग्राहीमा सूचिकृत हुन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य हुने छैन भनिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update