रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। 

आज बिहान ८ सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार  बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक  दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई आमन्त्रण गरिएको छ । 

महामन्त्री आचार्यले भने, 'बैठकका लागि सबै दललाई पत्राचार गर्नुका साथै सभापति लामिछानेले नेताहरूलाई आफैँ फोन गरेर आमन्त्रण गरेका छन्।'

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update