आज मिति २०८३ साल साउन १९ गते मंगलबार, तदनुसार ४ अगस्ट, २०२६ । हेर्नुहोस् आजको राशिफल
मेष– आज नयाँ कामको सोच वा योजना बनाउनका लागि उपयुक्त समय छ। रोकिएका पुराना कामहरू साथीभाइको सहयोगमा अगाडि बढ्नेछन्। व्यापार व्यवसायमा राम्रो सुधार आउनेछ भने पारिवारिक माहोल सुखद रहनेछ।
वृष– आर्थिक दृष्टिकोणले आजको दिन केही खर्चिलो बन्न सक्छ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले पारिवारिक वा व्यावसायिक संवाद गर्दा संयम रहनुहोला। खानपानमा अलि सजग रहनु राम्रो हुनेछ।
मिथुन– लामो समयदेखि प्रतीक्षा गरिएको शुभ समाचार वा अवसर प्राप्त हुनसक्छ। आत्मविश्वासमा वृद्धि हुनेछ र कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध र पारिवारिक समझदारी प्रगाढ बन्नेछ।
कर्कट– स्वास्थ्यमा केही शिथिलता वा मौसमी समस्या देखिन सक्छ, आराममा ध्यान दिनुहोला। कार्य क्षेत्रमा प्रतिद्वन्द्वीहरू सक्रिय रहन सक्ने भएकाले गोपनीयता कायम राखेर अघि बढ्दा फाइदा हुनेछ।
सिंह– आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। बौद्धिक र प्राज्ञिक क्षेत्रमा लागेकाहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। सन्तान वा परिवारका तर्फबाट मन प्रसन्न हुने समाचार मिल्नेछ।
कन्या– कार्यक्षेत्रमा तपाईंको कामको उच्च मूल्यांकन हुनेछ र नयाँ जिम्मेवारी मिल्न सक्छ। पुराना मित्रहरूसँगको भेटघाटले मन खुसी रहनेछ। भूमि वा घरायसी काममा सफलता मिल्नेछ।
तुला– भाग्यले साथ दिनेछ। रोकिएका कामहरू थोरै मिहिनेतले पनि सहजै सम्पन्न हुनेछन्। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। छोटो दुरीको लाभदायक यात्राको योग रहेको छ।
वृश्चिक– आज अनावस्यक वादविवाद र प्रतिस्पर्धाबाट टाढै रहनुहोला। सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष सचेत रहनुहोला। घर परिवार र आफन्तहरूसँग धैर्यता कायम राख्नु उपयुक्त हुनेछ।
धनु– साझेदारी र टिमवर्कमा गरिएका कामबाट राम्रो आर्थिक लाभ मिल्नेछ। जीवनसाथी वा प्रियजनको विशेष सहयोग प्राप्त हुनेछ। पारिवारिक सुख र मानसिक शान्ति मिल्ने समय छ।
मकर– प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। पुराना ऋण वा अल्झिएका मामिलाहरू सुल्झाउन आजको दिन अनुकूल छ। स्वास्थ्यमा सुधार आउनाले कार्य गर्न थप ऊर्जा प्राप्त हुनेछ।
कुम्भ– बौद्धिक र सृजनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छन्। विद्यार्थी वर्गले अध्ययनमा सोचेजस्तै नतिजा ल्याउन सक्नेछन्। नयाँ विचार र योजनाले कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ।
मीन– घरायसी वा पारिवारिक विषयलाई लिएर केही तनाव वा असमझदारी हुन सक्छ। हतारमा कुनै पनि ठुलो निर्णय नलिनुहोला। कृषि, भूमि तथा भौतिक साधन सम्बन्धी काममा लाभ हुनेछ।



