आजको राशिफल : मेषको शुभ समय, वृषको अनावश्यक खर्च

आज मिति २०८३ साल साउन २१ गते बिहीबार, तदनुसार ६ अगस्ट, २०२६ । हेर्नुहोस् आजको  राशिफल । 

मेष– आज नयाँ काम वा योजनाको सुरुवात गर्न शुभ समय छ। रोकिएका पुराना कामहरू सहकर्मी र साथीभाइको सहयोगमा सुल्झिनेछन्। व्यापारमा राम्रो नाफा हुनेछ भने पारिवारिक वातावरण सुखद रहनेछ।

वृष– आर्थिक मामिलामा अलि ध्यान दिनुपर्नेछ, अनावश्यक खर्च बढ्न सक्छ। बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले संवाद गर्दा संयम रहनुहोला। टाढाको यात्रा तत्कालका लागि टार्नु नै बेस हुनेछ।

मिथुन– लामो समयदेखि प्रतीक्षा गरिएको शुभ समाचार वा अवसर प्राप्त हुन सक्छ। आत्मविश्वास बढ्नेछ र कार्यक्षेत्रमा तपाईंको प्रभाव कायम हुनेछ। प्रेम जीवन तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट– स्वास्थ्यमा केही मौसमी समस्या वा थकान देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। शत्रु र प्रतिस्पर्धीहरू सक्रिय हुन सक्ने भएकाले गोपनीयता कायम राखेर काम गर्दा फाइदा हुनेछ।

सिंह– आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। बौद्धिक र प्राज्ञिक क्षेत्रमा लागेकाहरूका लागि दिन फलदायी रहनेछ। विद्यार्थी वर्गले अध्ययनमा सोचेजस्तै सफलता हासिल गर्नेछन्।

कन्या– कार्यक्षेत्रमा तपाईंको कामको उच्च मूल्यांकन हुनेछ र नयाँ जिम्मेवारी मिल्न सक्छ। पुराना मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आमा वा अभिभावकको सहयोगले रोकिएको काम बन्नेछ।

तुला– भाग्यले साथ दिनेछ। रोकिएका कामहरू थोरै मिहिनेतले पनि सहजै सम्पन्न हुनेछन्। धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। छोटो दुरीको फलदायी यात्राको योग रहेको छ।

वृश्चिक– आज अनावस्यक वादविवाद र प्रतिस्पर्धाबाट टाढै रहनुहोला। सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष सचेत रहनुहोला। घर परिवार र आफन्तहरूसँग धैर्यता कायम राख्नु उपयुक्त हुनेछ।

धनु – साझेदारी र टिमवर्कमा गरिएका कामबाट राम्रो आर्थिक लाभ मिल्नेछ। जीवनसाथी वा प्रियजनको विशेष सहयोग प्राप्त हुनेछ। पारिवारिक सुख र मानसिक शान्ति मिल्ने समय छ।

मकर– प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। पुराना ऋण वा अल्झिएका मामिलाहरू सुल्झाउन आजको दिन अनुकूल छ। स्वास्थ्यमा सुधार आउनाले कार्य गर्न थप ऊर्जा प्राप्त हुनेछ।

कुम्भ– बौद्धिक र सृजनात्मक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छन्। नयाँ विचार र योजनाले कार्यक्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रसन्न रहनेछ।

मीन– घरायसी वा पारिवारिक विषयलाई लिएर केही तनाव वा असमझदारी हुन सक्छ। हतारमा कुनै पनि ठुलो निर्णय नलिनुहोला। कृषि, भूमि तथा भौतिक साधन सम्बन्धी काममा लाभ हुनेछ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update