काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाले गोरखा डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको गोरखा डान्स स्टार–४ जिल्ला स्तरीय खुल्ला एकल तथा सामूहिक नृत्य प्रतियोगिताका लागि छनोट कार्यक्रम आयोजना गर्न लागेको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत सिताराम पन्तका अनुसारगाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूका इच्छुक विद्यार्थीहरूलाई सो प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन पठाउन अनुरोध गरेको छ। साथै, विद्यालय बाहिरका अन्य खुल्ला रूपमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले पनि प्रतियोगितामा भाग लिन सक्ने गाउँपालिकाले जानकारी दिएको छ ।
गोरखा डान्स एकेडेमीको आयोजनामा हुने सो प्रतियोगिता भदौ ९ गते विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म अजिरकोट गाउँपालिकाको सभाहलमा हुनेछ ।



