काठमाडौंमा बस्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नवीकरण बानेश्वरबाट हुने

 

काठमाडौँ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले गाउँपालिकामा स्थायी बसोबास भई सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका तर हाल अस्थायी रूपमा काठमाडौँ उपत्यकामा बसोबास गरेका नागरिकलाई काठमाडौँको बानेश्वरमा सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा दिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादवले काठमाडौं, भक्तपुर र ललितपुरमा बसोबास गरिरहेका लाभग्राहीलाई नाम नवीकरणका लागि काठमाडौंँमा स्थान र समय तोकिएको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीले प्रत्येक आर्थिक वर्षमा एमआईएस प्रणालीमा आफ्नो नाम नवीकरण तथा सूचीकृत गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नाम नवीकरण गराउन सम्बन्धित लाभग्राहीलाई तोकिएको मिति, समय र स्थानमा स्वयं उपस्थित हुन आग्रह गर्दै सार्वजनिक सुचना पनि प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।

सूचनाअनुसार नाम नवीकरणका लागि २०८३ साल भदौ १५ गतेदेखि २५ गतेसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म काठमाडौँको बानेश्वरबाट यो सुविधा प्रदान गरिनेछ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update