मैले वडापालिका डटकममा साप्ताहिक स्तम्भ ‘सरोज मिश्र अनफिल्टर्ड’ सुरु गरेको छु । यो एकदमै नौलो कुरा आजबाट सुरु गर्दैछु । यो स्तम्भ हरेक हप्ता, सकभर हरेक हप्ता—वडापालिकामार्फत ‘सरोज मिश्र अनफिल्टर्ड’ नामको स्तम्भ चलाउने। सकभर हरेक हप्ता हुने।

यो चाहिँ फेरि खुल्ला, कुनै अन्तर्वार्ता प्रश्न(उत्तर होइन। खुल्ला, मलाई जे कुरा सान्दर्भिक लाग्छ, त्यो भन्ने मैले। त्यसो भएर नै यो ‘सरोज मिश्र अनफिल्टर्ड’ राखिएको हो । कुनै छान्ने(नछान्ने, यता(उता नगर्ने, सेन्सर नगर्ने, त्यो हिसाबबाट जाने भन्ने कुराकानी भएको हो। र मैले, प्रयोग हो हेरौँ न त भन्ने हिसाबले हुन्छ भनेँ।

अब हाम्रो प्रयास के रहनेछ भने हरेक हप्ता यो प्रस्तुती आउँछ । हप्ताको निश्चित दिनमा आउँछ, सम्भवतः सोमबार वा मंगलबार। एकपल्ट आएपछि सकभर हरेक हप्ता त्यही दिन, त्यही समयमा आउँछ। 

यसमा आउने विषय वस्तु निश्चित रुपमा बहसको लागि नै हो। दर्शकहरूले यसमा कमेन्ट गर्नुहोला, विचार राख्नुहोला। किनभने संसारमा कतै पनि कुनै पनि कुरामा कसैले भन्यो भन्दैमा सहमत हुनुपर्छ भन्ने छैन। अझ म त डेमोक्रेटिक मान्छे हुँ र म के भन्छु भने, प्रसिद्ध फ्रान्सेली दार्शनिक भोल्टेयरको यो भनाइको म ठूलो प्रशंसक। उहाँले के भन्नुहुन्थ्यो भने–मलाई थाहा छ तपाईं मसँग असहमत हुनुहुन्छ, तर तपाईंको असहमत हुन पाउने अधिकारको रक्षाका लागि म आफ्नो रगतको अन्तिम थोपासम्म लडिरहनेछु।

वास्तवमा लोकतन्त्रको, व्यक्तिगत स्वतन्त्रताको सबैभन्दा गतिलो परिभाषा यही नै हो। त्यो नाताले पनि असहमत हुने हक हाम्रा दर्शकहरूलाई छ। कमेन्ट गरिदिनुहोला। इन्गेज भइदिनुभयो भने म खुसी हुन्छु।

अब कुनै मुद्दामा वडापालिकाको सम्पादन समूह नै पनि मसँग असहमत हुन सक्छ। त्यस्तो भयो भने उनीहरूले प्रश्न पनि गर्लान्, म स्पष्टीकरण दिने प्रयास गर्नेछु। त्यस्तै दर्शकले पनि कुनै विषयमा राम्रो बहस खोज्नुभयो भने म अर्को एपिसोडमा आएर बहस गर्ने प्रयास गर्नेछु। हेर्दै जाऔँ, यो एउटा प्रयोग हो। हामी प्रत्येक एपिसोड आधा घण्टाको सेरोफेरोमा रहने प्रयास गर्नेछौँ।

अब आजको विषयमा लागौं । 

आज म एउटा यस्तो विषय उठाउँदैछु, जुन विषय नेपाली सञ्चार जगतले पूरै इग्नोर गर्यो। मलाई चाहिँ यो असाध्यै महत्वपूर्ण लाग्यो। म भारतसँग सम्बन्धित एउटा संवेदनशील विषयमा कुरा गर्न गइरहेको छु।

केही दिनअघि १५ अगस्ट (भारतको स्वतन्त्रता दिवस) भन्दा अगाडि भारतमा एउटा ठूलो हलचल ल्याउने खालको आन्दोलन भइरहेको थियो। सोनाम वाङचुक भन्ने समाजसेवीले अनसन सुरु गर्नुभयो। त्यसपछि त्यही ठाउँमा कक्रोच जनता पार्टी भन्ने एउटा समूह देखा पर्यो। भारतीय जनता पार्टीका एक नेताले उनीहरूलाई कक्रोच (साङ्ला० भनेपछि उनीहरूले आफ्नो नाम नै कक्रोच जनता पार्टी (सिजेपी) राखेर भारतीय जनता पार्टी (विजेपी) लाई काउन्टर दिए।

त्यसको नेताका रुपमा अभिजीत दिपके एकाएक चर्चामा आए। सुन्नमा आए अनुसार अभिजीत दिपके र हाम्रो यहाँको जेनजी आन्दोलनका मुख्य अभियन्ताहरूबीच राम्रै साठगाँठ छ। भारतीय पक्षले नेपाल सरकारलाई अनौपचारिक ढंगले सम्झाएको पनि सुनिन्छ।

भारतमा आन्दोलनकारीहरूको मुख्य माग निट  परीक्षामा भएको धाँधली र शिक्षा मन्त्रीको राजीनामा थियो। अन्ततः शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्यो। त्यसपछि अमित शाह ९भारतीय गृहमन्त्री० २० दिनसम्म संसदमा देखा परेनन्। विपक्षीले ‘अमित शाह कहाँ हराए ?’ भन्दै नारा लगाए।

पछि अमित शाहले सामाजिक सञ्जालमार्फत खुलासा गरे कि उनी एउटा ठूलो षड्यन्त्रलाई नष्ट गर्न लागेका थिए। १२ अगस्टको दिन १४ वटा राज्यबाट २५३ जना मानिसहरू एकैपटक पक्राउ गरिए। उनीहरूसँग हतियार, ग्रेनेड र विस्फोटक पदार्थहरू थिए। यदि उनीहरूलाई नपक्रेको भए १५ अगस्टका दिन भारतभरि शृंखलाबद्ध विस्फोट हुने रहेछ। यसको नेतृत्व पाकिस्तान मूलका शहजाद भट्टीले गरेका भनेर भारतीय संस्थापनले भनिरहेको छ । भट्टी अहिले सायद दुबईमा बस्छन् ।

अब प्रश्न उठ्छ–भारतमा भएको विषयमा म किन कराइरहेको छु ? यसको दुईवटा कारण छ। पहिलो, भारतमा हुने कुनै पनि कुराको प्रत्यक्ष असर हामीकहाँ पर्छ। दोस्रो र महत्वपूर्ण कुरा, भारतमा जसरी नेटवर्क बन्यो, के हामीकहाँ त्यस्तै नेटवर्क बनेको होइन र ?

भाद्र २३ र २४ गतेको घटना सम्झिनुस्। संसद भवन कसरी घेरियो ? के त्यो तत्कालीन आवेग मात्र थियो ? मलाई लाग्छ त्यो एउटा व्यवस्थित नेटवर्किङ थियो।

बालेन शाह ९काठमाडौँका मेयर० एउटा राजनीतिक व्यक्तिको रुपमा यति धेरै लोकप्रिय हुनुको कारण के त ? के उहाँले चामत्कारिक काम गरेर हो ? तथ्याङ्क हेर्ने हो भने त उहाँको कार्यक्षमता अरु मेयरहरूको तुलनामा धेरै पछाडि छ।

मैले यसलाई वशीकरणको संज्ञा दिएको छु। तान्त्रिकले मन्त्र गरेर कसैलाई बसमा पारे जस्तै, अहिले यान्त्रिक र सामाजिक सञ्जालले जनतालाई वशीकरण गरिरहेको छ। सामाजिक सञ्जालको चरम दुरुपयोग गरेर एउटा पुस्तालाई नै भ्रमित पारिएको छ।

भारतमा त नेतृत्व सजग भएर षड्यन्त्रलाई असफल पारियो, तर हाम्रो नेतृत्व ९ओली, देउवा, प्रचण्ड० त यसप्रति पूरै अनभिज्ञ देखिन्छन्। उनीहरूलाई त के भइरहेको छ भन्ने अन्दाजै छैन।

कुन तत्वले नेपालमा यो सबै खेल खेलिरहेको छ ? यसको बारेमा आगामी श्रृंखलामा विस्तृत रुपमा कुरा गर्नेछु। आज मैले गरेको कुराकानीको विस्तृत विवरण भिडिओमा छ । यहाँ त संक्षेपमा लेखेको मात्रै हूँ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update